सुस्मा न्यौपाने
नवलपुर । पूर्वि नवलपरासीको देवचुलीबाट ४३ हजार ७ सय ८५ रुपैँया नगद सहित ११ जना जुवाडे पक्राउ परेका छन् । देवचुली नगरपालिका वडा नं. १७ कुजौली स्थित नवलपुर खाजा घरबाट ११ जुवाडे पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा होटल सञ्चालक जितलाल थनेत समेत रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ । दिउसो सवा २ वजे जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरीको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा देवचुली न.पा. १७ कुजौली बस्ने वर्ष ३१ का खोज वहादुर पन्जीयार, ३८ वर्षका भुपेन्द्र पन्जीयार, वर्ष ४२ का पुर्ण बहादुर महतो , वर्ष ४४ का चुडामणी पन्जीयार, वर्ष ४५ का प्रेम बहादुर थनेत, वर्ष ३९ का जितलाल थनेत, वर्ष २७ का कमल थनेत, वर्ष ३४ का शेर बहादुर पन्जीयार, बर्ष ४० का बलिराम पन्जीयार, ५८ वर्षका सत्यनारायण महतो र वर्ष २६का कृष्ण थारु रहेका छन् ।
पक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया