गोविन्द घिमिरे
गैँडाकोट । मौलाकाली सामूदायिक वन उपभोक्ता समूूहको अध्यक्षमा हरीप्रसाद सापकोटा चयन हुनुभएकाे छ। सातौँ अधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिले सापकोटाको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको जनाएको छ ।
निर्वाचन समितिका संयोजक लालमणी पौडेलले आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको जानकारी दिनुभयो ।
समूूहको उपाध्यक्षमा भगवान घिमिरे, सचिवमा देवकी मिश्र, कोषाध्यक्षमा कमलप्रसाद कंडेल, सहसचिवमा मिनाकुमारी खत्री र कोषाध्यक्षमा केशवहरी कंडेल चयन हुनुभएको छ ।
वि.स. २०५२ सालमा गठन भएको मौलाकाली सामुदायिक वन ४९२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । गैँडाकोट नगरपालिका वडा नं. १ र २का २२ सय भन्दा वढी उपभोक्ताहरु मौलाकाली सामुदायिक वनका सदस्यहरु छन् ।

नयाँ कार्य समिति हेर्नुहोस ।

 

तपाईको प्रतिक्रिया