×

नवलपुर विशेष

चितवनमा थप १३ कोरोना संक्रमितको मृत्यु

चितवनमा थप १३ कोरोना संक्रमितको मृत्यु
चितवन । विगत २४ घण्टामा चितवनमा कोरोना संक्रमणबाट १३ जनाले ज्यान गुमाएका छन् ।स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर अस्पतालमा ४ जना, चितवन मेडिकल कलेजमा ४ जना, पुरानो मेडिकल कलेजमा ३ जना र अन्य आइसोलेसन केन्द्रमा २ जनाको मृत्यु भएको छ । त्यसैगरी चितवनका विभिन्न अस्पतालको आईसीयूमा २०४ जना, भेन्टिलेटरमा ५३ जना, एचडीयूमा ६३ जना, जेनरल बेडमा १६३ जना गरी जम्मा ४३१ जना बिरामी अस्पतालमा उपचाररत छन् । त्यसैगरी विभिन्न अस्पतालबाट विगत २४ घण्टामा ५५ जना डिस्...

मध्यबिन्दुका बेपत्ता भएका पन्थीको नारायणी किनारमा शव भेटियो

मध्यबिन्दुका बेपत्ता भएका पन्थीको नारायणी किनारमा शव भेटियो
नवलपुर । गएको शनिबार राती  पाैने ९ बजेदेखी बेपत्ता भएका  नवलपुरको मध्यबिन्दु ३ चौराहाका ५१ बर्षिय मनिराम पन्थीको शव भेटिएको छ । उनको शव सोमबार साँझ मध्यबिन्दु ३ रतनपुरस्थित नारायणी नदी किनारमा साँझ ६ः३० बजे फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको र पन्थीको पोष्टमार्टमका लागी मध्यबिन्दु जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । हत्या वा आत्महत्या भन्ने बिषयमा पोष्टमार्टम पछिमात्र थाहा...

गैँडाकाेटमा ७२ सहित नवलपुरमा थप १३२ जनामा काेराेना संक्रमण

गैँडाकाेटमा ७२ सहित नवलपुरमा थप १३२ जनामा काेराेना संक्रमण
गैँडाकाेट। नवलपरासी पूर्वमा  आज १ सय ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पुर्वका अनुसार आज सबैभन्दा बढी गैंडाकोट नगरपालिकामा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कावासोती नगरपालिकामा २० जना, मध्यबिन्दु नगरपालिकामा १६ जना, विनयी त्रिवेणी गाउँपालिकामा १२ जना, देवचुली नगरपालिकामा १० जना, हुप्सेकोट गाउँपालिकामा २ जना र अन्य १ जना गरी जम्मा १ सय ३२ जनामा ...

चितवनको सनराइज स्कूलका प्रिन्सिपलको कोरोनाका कारण मृत्यु

चितवनको सनराइज स्कूलका प्रिन्सिपलको कोरोनाका कारण मृत्यु
चितवन । चितवनको भरतपुर स्थित सनराइज इङलिस स्कूलका प्रिन्सिपल रोशन कुमार भण्डारीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उहाँको ५२ बर्षको उमेरमा आज सोमबार  विहान ३ बजे काठमाडौंको निदान हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । स्कूलका शिक्षक काँसिराम आचार्यका अनुसार उहाँ १६ दिनदेखि अस्पताल भर्ना हुनुभएको थियो । १७ दिन अघि भरतपुरबाट काठमाडौं जाँदा उहाँलाई सामान्य ज्वरो आएको थियो । “यहाँबाट राम्रै जानुभएको थियो, सामान्य ज्वरो आएपनि अन्य समस्या थिएन, तर अकस्मात मृत्यु भएको दुः...

गैडाकोटको मौलाकालिका जाने केवलकार निर्माणको काम शुरू

गैडाकोटको मौलाकालिका जाने केवलकार निर्माणको काम शुरू
गैंडाकोट।  मौलाकालिका मन्दिरसम्म पुग्ने केवलकार निर्माण कार्य शुरु भएको छ । केवलकार क्षेत्रमा पर्ने रुख कटान गरी कार्यको शुभारम्भ गरिएको हो । निजी क्षेत्रको ग्लोबल आईएमई समूहका अध्यक्ष चन्द्र ढकाल र स्थानीयवासीको लगानीमा निर्माण हुने उक्त केवलकारले यहाँको धार्मिक पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ । आज सोमबार विशेष पूजाआजा गरी केवलकार मार्गमा पर्ने रुख कटानको काम शुरु गरिएको नेपाल उधोग वाणिज्य महासंघ कार्यकारिणी सदस्य एवं जिल्ला उधोग वाणिज्य संघ गै...

मध्यविन्दुको चौराहाबाट एक पुरुष बेपत्ता : खोजबिन गरिदिन परिवारको आग्रह

मध्यविन्दुको चौराहाबाट एक पुरुष बेपत्ता : खोजबिन गरिदिन परिवारको आग्रह
गोविन्द घिमिरे  नवलपुर ।  पुर्वि नवलपरासीको मध्यविन्दुबाट एक पुरुष बेपत्ता भएका छन् ।  मध्यविन्दु नगरपालिका वडा नं। ४ चौराहा (कोल्हुवा) घर भएका ५१ बर्षका मनीराम पन्थी शनिवार राति पौने ९ वजेदेखि घरबाटै हराएका हुन ।साँझ खाना खाएर घर बाहिर निस्केका उनि हालसम्म पनि परिवारको सम्पर्कमा नआएको श्रीमती सिता पन्थीले उज्यालो खबरलाई जानकारी दिईन् । ३ दिनदेखी पन्थी सम्पर्कमा नआएपछि परिवारमा चिन्ता छाएको छ । श्रीमानको खोजी गरिदिन भन्दै श्रीमती सिताले प्रहरीमा जानकारी समेत गराएकी छिन् ।  ...

गैँडाकोटबाट पाँच जुवाडे पक्राउ

गैँडाकोटबाट पाँच जुवाडे पक्राउ
नवलपुर । लकडाउनको समयमा समेत जुवा खेल्ने ५ जना जुवाडे नवलपरासीको गैँडाकोटबाट जुवाडे पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले गैँडाकोट नगरपालिका वडा नं. १ स्थित एक्लेसालबाट उनिहरु पक्राउ परेको उज्यालोलाई जानकारी दियो । स्थानीय दुर्गा बहादुर मर्याङगीकाे को घरमा जुवा खेलिरेहका उनिहरुलाई ईलाका प्रहरी कार्यालय गैँडाकोटको टोलिले पक्राउ गरेको हो । पक्राउ पर्नेमा घरधनी दुर्गाबहादुर सहित निसान मगर, रिम बहादुर थापा, यग्यौ मल्ल र बम सारु मगर रहेका छन् ।उनिहरु सबै ग...

कावासोतीकी कोरोना संक्रमित महिलाको मृत्यु

कावासोतीकी कोरोना संक्रमित महिलाको मृत्यु
गैँडाकोट । पूर्वि नवलपरासीमा कोरोना भाईरस (कोभिड १९) का कारण थप एक महिलाको आज मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नं. २ निवासी ५७ बर्षीया महिलाको पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको अस्पताल स्रोतले उज्यालाे खबरलाई  जनाएको छ । जेष्ठ ६ गतेदेखि अस्पतालको आईसीयूमा उपचारत उनमा जेष्ठ ५ गते कोरोना पोजेटिभ देखिएको थियो ।

लक्ष्मी हेल्प फाउन्डेसनद्धारा भिटामिनजन्य औषधी सहयाेग !

लक्ष्मी हेल्प फाउन्डेसनद्धारा भिटामिनजन्य औषधी सहयाेग !
गैंडाकोट । गैंडाकोटमा रहेको लक्ष्मी हेल्प फाउन्डेसनले कोभिड नियन्त्रण र रोगथाम गर्न मद्दत गर्ने भन्दै ६०० डोज रोग प्रतिरोधात्मक औषधिहरु गैंडाकोट नगरपालिकाका बिभिन्न वडाका वडाअध्यक्षहरुलाई हस्तान्तरण गरेको छ । औषधीहरु वडाका रोगी र विपन्न परिवारलाई बितरण गरिने  जनाईएको छ । लक्ष्मी फाउन्डेसन मार्फत उक्त परिमाणकाे  औषधी नगरपालिका भित्रका वडा नम्बर २, ३, ४ र ५ का वडा अध्यक्षहरुलाई आईतबार एक कार्यक्रमका बीच हस्तान्तरण   गरेका हुन । उनिहरुले प्रत्येक वडालाई १५० डोजका दरले बितरण गरे...