वडा अध्यक्ष श्रेष्ठद्धारा मध्यविन्दु जिल्ला अस्पताललाई सहयाेग रकम हस्तान्तरण !
नवलपुर । मध्यविन्दु जिल्ला अस्पतालको अक्सिजन प्लान्टको क्षमता अभिबृद्धिमा सहयोग पुराउने उदेश्यले संकलित रकम आज हस्तान्तरण गरिएको छ ।कावासोती नगरपालिका वडा नं. १६ मा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा जडित अक्सिजन प्लान्टको क्षमतावृद्धिका लागि कावासोती वडा नं. ३ का अध्यक्ष अमृत कुमार श्रेष्ठको पहलमा संकलन भएको रकम आज हस्तान्तरण गरिएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. बिर बहादुर थापालाई वडा अध्यक्ष श्रेष्ठले २ लाख ४४ हजार ६६६ रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । ...
