×

गैँडाकोट । पूर्वि नवलपरासीको बौदीकाली गाउँपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । छैटौं गाउँसभा मार्फत ४० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने नीति पारित गरिएको हो ।

कार्यविधि बनाएर गाउँपालिका भित्रका एकल पुरुषलाई मासिक २ हजार रुपैँया नगद दिईने उहाँले बताउनुभयो । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो । गाउँपालिकाभरिमा एकल पुरुषको संख्या करिव ६० जनाको हाराहारीमा रहेको उहाँले बताउनु भयो । अन्य प्रकारका सामाजिक सुरक्षाभत्ता लिएकाहरुलाई भने यो रकम उपलव्ध गराईने छैन ।

गाउँपालिकाले यसअघि नै सुरु गरेको ८५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप वार्षिक रूपमा चाडपर्व खर्च उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिएको छ । ८५ वर्ष उमेर नाघेकाहरूलाई दसैंखर्च भनेर एकमुष्ट ५ हजार नगद दिने व्यवस्था गरिएको हो । बौदीकाली गाउँपालिकाले ३९ करोड ३७ लाखको बजेट ल्याएको छ ।

तपाईको प्रतिक्रिया