×

गाेविन्द घिमिरे

गैँडाकोट नेपाली कांग्रेसको चौधौैँ महाधिवेशनका लागि वडा तहबाट शुरु हुने अधिवेशनको चहलपहल शुरु भएको छ । जिल्लाका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दावी गर्न शुरु गरेका छन् ।जिल्ला सभापतिमा हालसम्म तीनजनाले उम्मेदवार हुने जनाएका छन् । अन्तिम समयसम्म यो संख्या घटबढ हुनसक्ने बताइएको छ ।

कांग्रेस नवलपुरको नेतृत्व हत्याउन हालका पार्टि सभापति विष्णु लामिछाने ,सचिव बालकृष्ण घिमिरे, र काग्रेसका पाका नेता मदनभक्त अधिकारी लागि परेका छन् । सार्वजनिक फोरममै नेताहरुले आफुनै सभापतिको उमेद्वार भनेर नबताएपनि आन्तरिक तयारी तिव्र पारेको काग्रेसजनहरु बताउछन् ।

उज्यालो खबरसँग कुरा गर्दै हालका पार्टि सभापति विष्णु लामिछानेले गुट रहित कांग्रेस निर्माणमा आफु लागेको भन्दै साथीहरुले दिएको जिम्मेबारी पुरा गर्न आफु सधै तयार रहेको उल्लेख गरे । काग्रेस कमजोर हुँदा लोकतन्त्र खतरामा परेको भन्दै उनले पार्टिलाई मजभुत बनाउन अझै एकपटक अभिभावकत्व दिएर अगाडि बढ्न समेत कार्यकर्ताले आग्रह गरेको बताए । त्यसो त उनले आफु अझै केन्द्र या जिल्ला कहाँ जाने भन्ने बोरमा निर्णयमा पुगि नसकेको बताए । घुमाउरो पारामा अवसर पाए नेतृत्व गर्ने विचार लामिछानेको छ ।

हालका जिल्ला सचिव बालकृष्ण घिमिरेले अवको पार्टि सभापतिमा आफ्नो उमेद्वारी रहने बताए । अघिल्लो पुुस्तालाई सम्मान गर्र्दै युवा पुस्ताले नेतृत्व गर्नुपर्ने बेला आएको उनले बताए । नेपाली कांग्र्रेस चुनौतिका चाङहरुमा अडिएको भन्दै नेता घिमिरेले जिल्ला सभापतिमा उठ्ने ब्यक्ति कुनैपनि लाभको पदमा बस्न नहुने आफ्नो धारणा रहेको सुनाए ।वि.स. २०४३ सालमा नेपाल विद्यार्थी संघको सदस्य भै सकृय राजनिति सुरु गरेका घिमिरे प्रजातान्त्रीक विचार समाज नवलपरासीका संस्थापक अध्यक्ष हुन् । २ पटक प्रजातान्त्रीक विचार समाजको नेतृत्व गरेका उनि पार्टि भित्र बौद्धिक नेता मानिन्छन् ।

यता गैँडाकोटका पाका नेता मदनभक्त अधिकारीले नवलपुरको पार्टि सभापतिमा आफ्नो उमेद्वारी रहने बताएका छन् । उज्यालोसँग मंगलबार विहान कुरागर्दै नेता अधिकारीले आफ्नो त्याग र योगदानलाई कदर गर्दै नेता कार्यकर्ताले आफुलाई सभापतिमा लैजाने विश्वास ब्यक्त गरे । उमेरको हिसावले ७२ औ बसन्तमा लागेका नेता अधिकारीले तन्नेरी कांग्रेस बनाउन आफु लागिपर्ने बताए ।

वडादेखि केन्द्रसम्म उम्मेदवार हुनेहरुले आन्तरिक रुपमा चुनावी प्रचार थालिसकेका छन् । चुनाव हुन्छ या हुँदैन भन्ने दोधारका बीच मिति तय भएपछि कोभिडको अवस्थामा पनि उम्मेदवारहरु आफ्नो पक्षमा मत तान्न लागिपरेका छन् ।नवलपुरमा १६ हजार ७७९ क्रियाशील सदस्य रहेका छन् । यी मध्ये ७ हजार ९०० पुराना सदस्यहरु हुन् । सवैभन्दा बढी गैँडाकोट नगरपालिकामा ४८०५, कावासोतीमा ३५७०, देवचुलीमा २६५७, मध्यविन्दुमा २१०४, विनयीत्रिवेणीमा १३९५, बुलिङटारमा ९८५, हुप्सेकोटमा ७७३ र बौदीकाली गाउँपालिकामा ४९० जना क्रियाशील सदस्य रहेका छन् ।

नेपाली कांग्रेसको आगामी साउन १२ गते वडा तहमा अधिवेशन हुँदैछ । वडा समिति र क्षेत्रीय प्रतिनिधि वडाबाट चयन हुनेछन् । साउन १६ गते हुने पालिका अधिवेशनबाट पालिका कार्यसमिति र अपाङ्गहरुको क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । साउन २० गते क्षेत्रको प्रदेश समितिको अधिवेशनले प्रदेश कार्यसमिति, प्रदेश महाधिवेशन प्रतिनिधि चयन गर्नेछ । साउन २३ गते हुने क्षेत्रको अधिवेशनले क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन गर्दैछ । साउन २६ गते हुने जिल्ला अधिवेशनले जिल्ला कार्यसमिति चयन गर्नेछ ।

 

तपाईको प्रतिक्रिया