गैंडाकोट । गैंडाकोटमा रहेको अपांग जीवन सस्थालाइ गैंडाकोटकि भिमकुमारी काफ्ले ले ७५ हजार बराबरको खाद्यान्न लगाएत लत्ताकपडा वितरण गरेकी छन् । गैंडाकोट नगरपालिका वडा नम्बर १० कि काफ्ले ले आफ्नो एक छोराको ६२ औं पुन्य तिथि पारेर सो सहयोग गरेकी हुन । आफू स्वयम् वृद्ध अवस्थामा पुगेको र आफ्नो पेन्सन लगाएत का रकम आज आश्रममा आश्रति अपांग र साहारा बिहिन लाई सहयोग गर्न पाउँदा आफुलाइ खुशी लागेको र आफुले दिएको यो रकम लाई सहि सदुपयोग गर्न आश्रम समिती लाई आग्रह गरेकी छन् ।
अपांग जीवन सस्थाका अध्यक्ष बालकृष्ण सापकोटाले अहिलेको विषम परिस्थितिमा सहयोग गर्न आफू नै आश्रममा आउनु भएको मा धन्यवाद दिएका थिए । गैंडाकोट वडा नम्बर १० कि भिमकुमारी थापाले एस अगाडि पनि विभिन्न सामाजिक क्षेत्रमा आर्थिक लगाएत सहयोग गर्दै आएकी छन् । ८१ बर्षिय भिमकुमारी को साथमा छोरा नरिश्वर काफ्ले,खडानद काफ्ले र बुहारी हरु विजया र कलावती को समेत उपस्थिति रहेको थियो ।