नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपरासी (पूर्व)ले जिल्लामा जारी निषेधाज्ञा असार २१ गतेसम्मका लागि थप गरेको छ । नया भेरियन्ट सहितको कोभिड १९ महामारीको दोस्रो लहरको संक्रमणको अवस्थाको जोखिम अझै कायमै रहेको भन्दै कार्यालयले जिल्लाभरको निषेधाज्ञालाई जारी राखेको हो ।
निषेधाज्ञाको समय लम्बाइएको भएपनि यस पटक थप गरिएको निषेधाज्ञामा भने सबै प्रकारका ब्यवसायहरु सञ्चालन गर्न पाईने भएको छ । कार्यालयले जारी गरेको सूचनामा साँझ ६ वजेपछि भने अत्यावश्यक बाहेकका ब्यवसायहरु पूर्णरुपमा बन्द गर्नुपर्नेछ ।सीडीओ कार्यालयले निजि तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न भने नपाईने जनाएको छ ।
हेर्नुहोस कार्यालयको सूचना तल