
खैरहनी नगरपालिका वडा नम्बर १ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा पसेको बाढीले सिलिण्डरहरु बगाएको छ ।
कयर खोलाले उद्योगमा रहेका ग्यासका सिलिण्डहरुलाई बगाएर लगेको छ । उद्योगका निर्देशक बिमल कालाखेतीले धेरै सिलिण्डरहरु बगाएको बताए ।
उद्योगमा १० देखि १५ हजारसम्म सिलिण्डर रहेको कालाखेतीको भनाइ छ । के कति सिलिण्डर बगायो र अरु नोक्सान कति भयो भन्ने बारेमा एकिन भइसकेको उनले बताए ।