नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपरासी (पूर्व)ले जिल्लामा जारी निषेधाज्ञा असार २७  गतेसम्मका लागि थप गरेको छ । नया भेरियन्ट सहितको कोभिड १९ महामारीको दोस्रो लहरको संक्रमणको अवस्थाको जोखिम अझै कायमै रहेको भन्दै कार्यालयले जिल्लाभरको निषेधाज्ञालाई जारी राखेको हो ।

निषेधाज्ञाको समय लम्बाइएको भएपनि यस पटक भाडाका सवारी साधनहरु जाेर विजोर प्रणाली अनुसार जिल्ला भित्र चलाउन पाईने भएकाे छ । कार्यालयले जारी गरेको सूचनामा साँझ ६ वजेपछि भने अत्यावश्यक बाहेकका ब्यवसायहरु पूर्णरुपमा बन्द गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया