×

नवलपुर विशेष

मोटरसाइकलको ठक्करबाट प्रहरी इन्सपेक्टरको मृत्यु

मोटरसाइकलको ठक्करबाट प्रहरी इन्सपेक्टरको मृत्यु
नवलपुर । नवलपरासीमा मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक इन्सपेक्टर कपिल वाग्लेको मृत्यु भएको छ ।तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएका ४३ वर्षीय कपिल वाग्लेको गएराति रुपन्देहीको भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । उनी इलाका प्रहरी कार्यालय बर्दघाटका इन्चार्ज थिए ।बाटोमा हिंडिरहेको बेला उनलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले गएराति आठ बजेतिर ठक्कर दिएको थियो ।ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई उपचार गर्न भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा लगिएको थियो । उनको...

चितवनको हरियो तरकारीमा विषादीको प्रयोग बढ्दो

चितवनको हरियो तरकारीमा विषादीको प्रयोग बढ्दो
चितवन । जिल्लामा उत्पादित तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो मात्रामा पाइएको छ ।कृषि ज्ञान केन्द्रद्वारा आइतबार आयोजित गत वर्षको समीक्षा एवं चालू आर्थिक वर्षको नयाँ कार्यक्रम सम्बन्धी बैठकमा गत आवमा परीक्षण गरिएका नमूनामध्ये १३ मा विषादीको प्रयोग बढी भएकाले विसर्जन गरिएको जानकारी दिइएको थियो । विषादी द्रूत परीक्षण प्रयोगशाला क्षेत्रपुरमा सो परीक्षण गरिएको थियो । भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयका योजना प्रमुख राजन ढकालका अनुसार एक हजार ५७ नमूना परीक्षणका क्र...

देवघाटमा पौडी खेल्न गएका भरतपुरका रंजन आचार्यको नदीमा डुबेर मृत्यु

देवघाटमा पौडी खेल्न गएका भरतपुरका रंजन आचार्यको नदीमा डुबेर मृत्यु
चितवनमा पौडी खेल्ने क्रममा नदिमा डुबेर एक जनाको मृत्यु भएको छ । आज (शनिबार) दिउसो ३:३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं १ देवघाट स्थित नारायणी नदिमा पौडी खेल्ने क्रममा भरतपुर महानगरपालिका वडा नं १० बस्ने २७ बर्षीय रंजन आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । रंजनका साथीहरुले नदिमा डुबेको देखेपछि उनलाई तत्काल उद्दार गरेका थिए । उनलाई  उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर ल्याईएको थियो । अस्पतालले दिउँसो ४ : १५ बजे  मृत घोषणा गरेको प्रहर...

नवलपुरमा केटा साथीसँग लजमा बसेकी किशोरीको मृत्यु

नवलपुरमा केटा साथीसँग लजमा बसेकी किशोरीको मृत्यु
नवलपुर  : केटा साथीसँग लज सहितको होटलमा गएकी एक किशोरीको शंकास्पद मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं। ६ त्रिवेणीमा पश्चिम नवलपरासी रामग्राम नगरपालिका वडा नं। १२ की १७ बर्षीया बालिकाको शुक्रवार साँझ मृत्यु भएको हो ।त्रिवेणीको होटल शाही प्यालेसको छुट्टै कोठामा किशोर–किशोरी केहीवरे बसेपछि किशोरी अचानक बिरामी परी चौपत्ताको शहिद स्मृती सामुदायिक अस्पताल पुर्याईएकोमा चिकित्सकले उनको मृत्यु भएको पुष्टि गरेपछि घटना शंकास्पद भएको भन्दै नवलपुर प्रहरीले अनुसन्धानलाई तिव्रत...

गैँडाकोटमा एक पुरुषको वेवारिसे शव भेटियो

गैँडाकोटमा एक पुरुषको वेवारिसे  शव भेटियो
गैँडाकोट । नवलपुरको गैँडाकोटमा एक पुरुषको वेवारिसे शव फेला परेको छ । गैँडाकोट नगरपालिका वडा नं. ६ गैँडाचोक देखि करिव १०० मिटर भित्र एक पुरुषको शव फेला परेको स्थानीयले उज्यालो खबरलाई जानकारी दिएका छन् । अन्दाजी ५० वर्षका पुरुषको शव फेला परेको हो । उनको हत्या वा आत्महत्या के हो भन्ने बारेमा अहिलेसम्म केहि जानकारी प्राप्त हुन सकेको छैन । प्रहरीले अहिले अवेर भएको भन्दै भोली मात्रै मुचुल्का उठाउने तयारी गरेको छ ।

नवलपुर प्रहरीद्धारा भन्सार छलेर ल्याइएका ७८ लाख मुल्य बराबरका मोबाइल बरामद

नवलपुर प्रहरीद्धारा भन्सार छलेर ल्याइएका ७८ लाख मुल्य बराबरका मोबाइल बरामद
गाेविन्द घिमिरे नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले  भन्सार छलेर ल्याउँदै गरेका  ७८ लाख मुल्य बराबरका अवैध  मोवाइल सेट बरामद गरेको छ । जिल्लाको विनयीत्रिवेणी गाउँपालिका वडा नं. १ राजमार्गबाट विभिन्न ब्राण्डका ५९५ थान मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का डिएसपी दिलिप कुमार गिरीले उज्यालो खबरलाई जानकारी दिनुभयो । बरामद भएका मोबाइलको बजार मुल्य करिव ७८ लाख रुपैँया पर्ने बताइएको छ । ईलाका प्रहरी कार्यालय दुम्कीबासको टोलिले गएराति ११ व...

नवलपुरमा आज मात्रै ११५ जनामा कोरोना संक्रमण

नवलपुरमा आज मात्रै ११५ जनामा कोरोना संक्रमण
गैँडाकोट । नवलपुरमा पछिल्लो २४ घण्टामा थप ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार बिहिवार जिल्लामा गरिएको एन्टिजेन तथा पिसिआर परिक्षणमा ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । विहिबार थपिएका संक्रमित मध्ये गैंडाकोटमा १८, देवचुलीमा ४१, कावासोतीमा २६ , मध्यविन्दुमा १८ , विनयीत्रिवेणीमा ५ , हुप्सेकोटमा ५ र बौदीकालीमा १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।बिहिवार थपिएका ११५ जना संक्रमित सँगै जिल्लामा सक्रिय संक्रमितको सं...

बुधवार नवलपुरमा ३ काेराेना संक्रमितकाे मृत्यु : ८२ जनामा संक्रमण पुष्टि

बुधवार नवलपुरमा ३ काेराेना संक्रमितकाे  मृत्यु : ८२ जनामा संक्रमण पुष्टि
गैँडाकोट । नवलपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमाणबाट थप ३ जनाको मृत्यु भएको छ भने थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कावासाेतीका २ जना र देवचुलीका एक जना संक्रमितकाे उपचारकाे क्रममा अस्पतालमा मृत्यु भएकाे हाे । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार बुधवार जिल्लामा गरिएको एन्टिजेन तथा पिसिआर परिक्षणमा जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधवार थपिएका संक्रमित मध्ये गैंडाकोटमा २१ , देवचुलीमा १५, कावासोतीमा ३० , मध्यविन्दुमा ७ , हुप्सेकोटमा ८ र बुलिङ्टारका ...

लालपूर्जा पाउने आशामा बसेका नवलपुरका ३३ हजार बढी परिवार निराश

लालपूर्जा पाउने आशामा बसेका नवलपुरका ३३ हजार बढी परिवार निराश
कावासोती । पूर्वि नवलपरासी (नवलपुर)मा ३३ हजार ६ सय ३५ परिवारले लालपूर्जा माग गरेका छन् । जिल्लामा रहेको ४ नगरपालिका र ४ गाउँपालिकाबाट भूमिहिन दलित, भूमिहिन सुकुमवासी र अव्यवस्थित बसोबासीहरुले लालपूर्जा माग गरेका हुन् । तर बर्षाै देखी लालपुर्जाको आसमा बसेका परिवार पुनः निरास बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमि सम्बन्धी आयोग खारेज गरेपछी लालपुर्जाको आसमा बसेका निरास बनेका हुन् । नवलपुरका सबै स्थानिय तहमा भूमिसम्बन्धी समस्या समाधान आयोग मार्फत धमाधम ...