नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व ले पाँच जना जुवाडेहरुलाई पक्राउ गरेको छ । देवचुली नगरपालिका वडा नं।–१७ मा तास खेलिरहेका व्यक्तिहरु सहित नगद रु.१,५०,८५० र तीन बुक तास सहित ती व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा देवचुली १७ कमल महत्तो, देवचुली १६ का सन्तोष सिग्देल, गोबिन्द थनेत, हिरा महत्तो र मणिराम महत्तो रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया