नवलपुर । नवलपरासी (पूर्व)मा लगाईदै आएको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी(पूर्व)ले जिल्लामा लगाउदै आएको निषेधाज्ञा आजैका दिनदेखि हटेको जनाएको हो ।जिल्लामा कोरोना भाईरसको संक्रमण कम भएको भन्दै निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीद्धारा जारी सूचनामा उल्लेख छ ।
भाद्र ३० गतेसम्म कायम गरिएको निषेधाज्ञा हटाएर जिल्लालाई पहिलेकै अवस्थामा फर्काइएको सूचनामा उल्लेख छ ।सार्वजनिक यातायात, मठ मन्दिर, कलकारखानामा  स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासन कार्यालयले आग्रह गरेको छ ।विद्यालयहरु सञ्चालनका सम्वन्धमा भने स्थानीय तहले समन्वय गर्ने प्रशासन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया