नवलपुर । पूर्वि नवलपरासीको गैँडाकोटमा करिव ६ करोडको लगानीमा ”किसान मार्ट” सञ्चालनमा आएको छ । गैँडाकोट नगरपालिका वडा न.४ मा रहेको गैँडाकोट एग्रो मार्ट परिसरभित्र किसान मार्ट सञ्चालनमा आएको हो । किसान बचत तथा ऋण सहकारी संस्थाले प्रर्वद्धन गरेको किसान मार्टको शनिवार विहान गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्नुभयो ।मार्टको उद्घाटन गर्दै उँहाले  सहकारीहरुले ग्रामिण भेगका जनाताहरुलाई एकिकृत बनाउदै उत्पादनशिल बनाएको र स्वरोजगार तर्फ अगाढि बढाएको उल्लेख गर्नुभयो ।
राज्यले गर्ने लगानी नागरीकको हित बिपरित हुन नहुने बताउनुभयो । राज्यको ३ खम्बे अर्थनिती रहेको बताउदै सहकारी एक खम्बा रहेको बताउनुभयो । सहकारी संग रहेको पुजीलाई उत्पादनमुखी बनाउन नसकेको बताउदै मित्रराष्ट्र बाट सहयोग र अनुदानकै भरमा बर्षौ लाग्ने योजनाहरु भन्दा सहकारीमा भएको पूँजीलाई प्रयोग गर्दै जलबिद्युत आयोजना तथा ठूलाठूला योजनामा लगानी गर्न सक्ने बतावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।


कार्यक्रमका विशिष्ट अतिथि गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले किसान मार्टले कृषि उत्पादन लाई जोड दिनुपर्ने बताउनुु भयो । मार्ट मार्फत किसानहरुले उत्पादन गरेका वस्तुु तथा सेवाहरुको बजारीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नगर उपप्रमुख विष्णु कुमारी कंडेलले किसान मार्ट मार्फत महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको प्रर्वधन गर्न आग्रह गर्नुभयो । उहाँले स्थानीय स्तरमा उत्पादन गरिने मदिरालाई ब्राण्डको रुपमा बिकास गर्न पहल गर्नुपर्ने धारणा राख्नुभयो ।

सो अवसरमा किसान मार्टको प्रर्वद्धक संस्था किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरी चालिसेले मार्ट स्थापनको उदेश्य र भावि योजनाहरुको बारेमा धारणा राख्नु भएको थियो । किसान उपभोक्ता सहकारी संस्थाका अध्यक्ष तिलक पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष केशव प्रसाद सापकोटा, जयश्री सामुदायिक वनका अध्यक्ष टोलनाथ घिमिरे, गैँडाकोट नगरपालिका वडा नं. ४ का अध्यक्ष कृष्ण प्रसाद न्यौपाने लगायतले मन्तव्य राख्नु भएको थियो । सो अवसरमा संस्थाका उपाध्यक्ष श्रीराम सुवेदीले स्वागत मन्तव्य राख्नु भएको थियो कार्यक्रमको संचालन संस्थाका सचिव नविन सापकोटाले गर्नुभएको थियो ।
मुख्य गरी गैँडाकोट नगरपालिका वडा नं. १,२,३ र ४ तथा अन्य वडा समेतका नगरवासीहरुको सुविधालाई ध्यानमा राखि किसान मार्ट सञ्चालनमा ल्याइएको हो । विहान ८ वजेदेखि साँझ ८ वजे सम्म किसान मार्ट सञ्चालनमा रहने ब्यवस्थापक सिजन पराजुलीले बताउनुभयो । उद्घाटको अवशर पारेर भाद्र महिनाभर अधिकतम ५ प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ ।

दशैतिहार सम्म चारवटा चारवटा आउटलेट

आगामी दशै तिहारसम्म किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले गैँडाकोट नगरपालिका भित्र चारवटा मार्ट सञ्चालनको तयारी गरेको छ ।गैँडाकोट नगरपालिका वडा नं. ४ झपर्दीमा किसान मार्टको पहिलो शाखा सञ्चालनको तयारी गरेको किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले गैँडाकोट नगरपालिका वडा नं. ८ नगरपालिका कार्यालय अगाडी दोस्रो मार्ट सञ्चालन गर्ने योजना अनुरुप भवन निर्माणको काम अगाडी बढाएको छ ।गैँडाकोट नगरपालिका वडा नं ११ को हर्कपुर चोकमा तेस्रो र वडा न १० को भेडाबारी चोकमा चौथो शाखाको रुपमा किसान मार्ट सञ्चालनको योजना रहेको किसान उपभोक्ता सहकारी संस्थाका अध्यक्ष तिलक पराजुलीले बताउनुभयो ।

स्थानीय उत्पादनको प्रर्वद्धन मुख्य लक्ष्य

किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले सञ्चालन गर्ने किसान मार्टले स्थानीयहरुले उत्पादन गरेको वस्तु तथा सेवाको प्रर्वद्धन गर्ने मुख्य लक्ष्य लिएको छ ।किसान मार्टको प्रर्वद्धक संस्था किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरी चालिसेले स्थानीयले उत्पादन गरेका वस्तु तथा सेवाहरु किसान मार्ट मार्फत आगामी दिनमा बिक्री वितरण गर्ने योजना रहेको जानकारी दिनुभयो । महिला उधमीहरुले उत्पादन गरेका वस्तु तथा सेवाको बजारीकरण र अर्गानिक खाद्यवस्तुहरुको प्याकेजिङ गर्ने योजना समेत रहेको चालिसेले बताउनुभयो ।

किसानले उत्पादन गरेका वस्तुु तथा सेवाको सहजरुपमा बजारीकरण र सहुलियत दरमा उपभोक्ताहरुलाई विक्रि वितरण गर्नुनै मार्टको आगामी लक्ष्य रहेको चालिसेले बताउनुभयो ।अदुवा बेसार, दाल, चामल लगायतका खाद्यान्न सामाग्रीलाई प्याकेजिङ गरि गुणस्तर कायम हुने गरि मार्ट मार्फत उपलव्ध गराउने आगामी योजना छ । त्यसैगरी २ वर्षभित्र किसान ब्राण्डको शुद्ध खाने तेल उत्पादन गरि उपभोक्ता माझ लैजाने समेत योजना रहेको किसान मार्टका ब्यवस्थापक सिजन पराजुलीले बताउनु भयो ।

स्थानीय स्तरमा रोजगारी सृजना

किसान मार्टमा हाल ११ जनाले प्रत्यक्ष रुपमा रोजगारीको अवशर पाएका छन् । भाद्र १६ गतेदेखि सन्चालन हुने किसान मार्टमा हाल ११ जना कर्मचारीहरु कार्यरत रहेका छन् । आगामी दिनमा अन्य स्थानमा विस्तार हुने किसान मार्टमा अन्य थुप्रै स्थानीयहरुले रोजगारी पाउन सक्नेछन्। कम मुनाफा र सेवा भावले सञ्चालनको तयारीमा रहेको किसान मार्टको मुख्य स्लोगन लभ टु सर्भ छ ।

तपाईको प्रतिक्रिया