नवलपुर प्रहरीद्वारा चोरीका १६ वटा मोटरसाईकल सहित ६ जना पक्राउ
कावासोती । नवलपुर प्रहरीले चोरीका १६ वटा मोटरसाईकल सहित ६ लाई जना पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले जिल्लाको अरुणखोला, सर्दी र चिसापानीबाट चोरीमा संलग्न ६ व्यक्ति सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए ।
डिएसपी दिलिप कुमार गिरीका अनुसार प्रहरीले मध्यबिन्दु न.पा. वडा नं.१० बस्ने बर्ष २९ को मुकेश थापा, पाल्पा निस्दी गा.पा वडा नं. ७ बस्ने बर्ष २५ को खेम बहादुर सारु, बिनयी त्रिवेणी गा।पा। वडा नं। २ बस्ने ...


