गैँडाकोट । नवलपुरको गैँडाकोटमा यात्रुुबाहक बस र ट्रक एक आपशमा ठक्कर खाँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २० जना घाईते भएका छन् । गैँडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै पूर्वबाट जादैँ गरेको सु.प्र.–०२–००१ ख ११२३ नं.को बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नं.को ट्रक एकआपसमा ठक्कर खाई बस सडक देखि १० फिट तल खस्न जाँदा ३ जनाको मृत्यु भएको र २४ जना घाईते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा बर्दिया जिल्ला बासवारी नगरपालिका वडा नं. ८ कि ७० वर्षकी योगमाया सुवेदी, कञ्चनपुर घर भएकी ४० वर्षकी रंगी तिवारी र
कञ्चनपुर महेन्द्रनगर झरारी बस्ने बर्ष अं.३०/३५ को कृष्ण राना रहेको प्रहरीले जनाएको छ । सुवेदीको भरतपुर अस्पताल र अन्य दुईको चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नयाँ मेडिकल कलेजमा उपचारमा रहेका घाईतेहरुः–
१.जि.झापा बाहुनडागी बस्ने बर्ष १६ को पारस ढकाल, हात र खुट्टामा चोट, सामान्य ।
२.जि.मोरङ विराटनगर मा.न.पा.–३ बस्ने बर्ष २१ की पुजा रेग्मी, हात र खुट्टामा चोट, सामान्य । (डिष्चार्ज)
३. ऐ.ऐ.बस्ने बर्ष २८ को सरोज पोखरेल, हात र खुट्टामा चोट, सामान्य । (डिष्चार्ज)
४.जि.कैलाली बस्ने बर्ष १६ की रोशनी अधिकारी, शरीरमा चोट, सामान्य ।
५. जि.कन्चनपुर महेन्द्रनगर नगरपालिका वडा नं.–१ बस्ने वर्ष ४९ को मोहन कोईराला, पेटमा चोट, सामान्य ।
६. जि.जुम्ला तिला गा.पा.वडा नं.–४ बस्ने बर्ष २६ को चन्द्र नाथ योगी, हात र खुट्टामा चोट, सामान्य ।
७. ऐ.ऐ.बस्ने वर्ष ३३ को टोप बहादुर शाही, टाउको, मुख र छातीमा चोट, अवस्था गम्भिर ।
८. बस चालक जि.कन्चनपुर कञ्चनपुर न.पा.–४ बस्ने वर्ष ४२ को लाल विर लोहार, छातीमा भित्री चोट, अवस्था मध्यम ।
९. जि.रुपन्देही वस्ने वर्ष २८ को सुरज अधिकारी, टाउको र कानमा चोट, अवस्था मध्यम ।
१०. जि.बर्दिया वाँसगढी न.पा.वडा नं.–८ वस्ने वर्ष ८२ को डिल्लीराम सुवेदी, छातीमा भित्री चोट, अवस्था गम्भिर ।
११. जिल्ला झापा बस्ने वर्ष ३६ को मन कुमार श्रेष्ठ, हात र खुट्टामा चोट, अवस्था मध्यम ।
१२. जि.कन्चनपुर झलारी बस्ने वर्ष २६ की उर्मिला तिरुवा, पेटमा रगत जमेको, अवस्था मध्यम ।
१३. ट्रक चालक जिल्ला प्यूठान प्यूठान न.पा.–१० बस्ने वर्ष २७ को अमृत सिंह विष्ट, टाउकोमा चोट, अवस्था मध्यम ।
१४. जि.सुर्खेत विरेन्द्रनगर नगरपलिका वडा नं.–४ बस्ने वर्ष ४० को राम बहादुर थापा, हात र खुट्टामा चोट, सामान्य ।
१५. जि.न.प.(पूर्व) हुप्सेकोट गा.पा.वडा नं.–३ वस्ने वर्ष २६ की सबिना लिम्बु, खुट्टामा चोट, सामान्य ।
१६. जि.न.प.(पूर्व) हुप्सेकोट गा.पा.वडा नं.–३ वस्ने वर्ष २ को जोशन सारु मगर, टाउकोमा चोट, सामान्य ।
१७. जि.न.प.(पूर्व) पुरानो बेलहानी बस्ने वर्ष १८ की गंगा ओली, छाती र पेटमा चोट, सामान्य ।
१८. जि.कन्चनपुर बेलपुर ९ बस्ने वर्ष ३२ को चित्रदेव लेखक, टाउकोमा चोट, अवस्था गम्भिर (रा.अ.कर्मचारी) ।
१९. जि.सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं.–७ वस्ने बर्ष ४२ को मन कुमार थापा, ढाड र छातीमा चोट, मध्यम ।
२०. जि.महोत्तरी बर्दिवास न.पा.वडा नं.–७ बस्ने बर्ष २३ को रमेश यादव, हात र खुट्टामा चोट, मध्यम ।

तपाईको प्रतिक्रिया