चितवन । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको सरुवा भएको छ । आज बसेको नेपाल सरकार मन्त्रीस्तरीय बैठकलेले लामिछानेको सरुवा गरेको हो ।गृह मन्त्रालय अन्र्तगत चितवनको प्रमुख जिल्ला अधिकारीको भूमिकामा सात महिना अघि मात्रै आएका उनलाई देउवा सरकारले सरुवा गरेको हो ।
चिवनमा रहँदा लामिछानेले कोरोना सँग जुध्दै नागरिकको स्वास्थ्य सुरक्षामा महत्वपूूर्ण योगदान गरेका थिए ।उज्यालो खबरसँग कुरा गर्दै उनले आफु नेपाल सरकारले खटाएको जुनसुकै स्थानमा पनि रमाउने बताए । म चितवनमा पनि रमाएको थिए अव जहा हुन्छ त्यहा पनि रमाउने नै छु उनले थपे ।
हालका सिडिओ लामिछानेको ठाउमा चितवनमा सिडियोको भूमिकामा को आउँदैछ भन्ने हालसम्म टुुगाें लाग्न सकेको छैन ।

तपाईको प्रतिक्रिया