कावासोती । नवलपुर प्रहरीले चोरीका १६ वटा मोटरसाईकल सहित ६ लाई जना पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले जिल्लाको अरुणखोला, सर्दी र चिसापानीबाट चोरीमा संलग्न ६ व्यक्ति सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए ।

डिएसपी दिलिप कुमार गिरीका अनुसार प्रहरीले मध्यबिन्दु न.पा. वडा नं.१० बस्ने बर्ष २९ को मुकेश थापा, पाल्पा निस्दी गा.पा वडा नं. ७ बस्ने बर्ष २५ को खेम बहादुर सारु, बिनयी त्रिवेणी गा।पा। वडा नं। २ बस्ने बर्ष ३० को गंगा बहादुर मगर,मध्यबिन्दु न।पा। वडा नं। १० बस्ने बर्ष ३३ को दिल बहादुर सोती, बिनयी त्रिवेणी गा।पा। वडा नं। ४ बस्ने बर्ष २३ को प्रेम बहादुर परीयार र बिनयी त्रिवेणी गा।पा। वडा नं। ४ बस्ने बर्ष २० को मिलन थापालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले एकै पटक ठुलो संख्यामा चोरीको मोटरसाईकल समातिएको यो पहिलो घटना भएको बताए । मल्लका अनुुसार समातिएका मोटरसाईकलहरु सम्बन्धित धनिलाई सम्र्पक गरेर बुझाउने प्रकृया सुरु भएको छ । पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० चोरी सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको मल्लले बताए ।

तपाईको प्रतिक्रिया