नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकामा रहेका पहिरो प्रभावितहरुलाई राहत वितरण गरिएको छ । युके एड र स्टार्ड फन्ट नेपाको आर्थिक सहयोगमा एक्सन एड नेपालको प्राविधिक सहयोगमा किर्डाक नेपाल र हुप्सेकोट गाउँपालिकाको सहकार्यमा गाउँपालिका भित्रका पहिरो प्रभावितहरुलाई खाद्यन्य वितरण गरिएको हो । गाउँपालिकाको वडा नम्बर २,४,५ र ६ नम्बर वडाका पहिरो प्रभावित ९४ घरपरिवारलाई ८ लाख को चामल, नुन तेल, गेडाडुडी, चिउरा,त्रिपाल,बाल्टी, जग, फिनेल, सेनेटरी प्याड, मास्क, सेनिटाइजर, सावुन, थर्ममीटर वितरण गरिएको किर्डाक नेपालको कार्यक्रम म्यानेजर एवं स्टार्ड फन्ड नेपालका उपाध्यक्ष गौतमराज अधिकारीले जानकारी दिनुभयो । नवलपरासी बाढी प्रतिकार्य परियोजना २०२१ अन्तरगत नवलपरासी बर्दघाट सुस्ता पूर्व र पश्चिमका बाढि र पहिरो प्रभावित ५ सय घरधुरीलाई राहत वितरण गर्ने कार्यक्रम अनुसार हुप्सेकोट गाउँपालिका भित्रका वाढी प्रभावितहरुलाई पहिलो चरणमा खाद्यन्य वितरण गरिएको अधिकारीले बताउनुभयो ।

प्राकृतिक विपत्तीबाट धेरै क्षती भएको क्षेत्र मध्ये जिल्लामा हुप्सेकोट गाउँपालिकामा धेरै रहेको छ । गाउँपालिकाको पहाडी क्षेत्रमा पर्ने बसेनी, राम्चे, पिपलडाडा, नाम्जाकोट, पेलेका, दमार, पाङग्रे लगाएतका क्षेत्र पहिरोको उच्च जोखिममा रहेको छ । गत भदौ १० गते आएको वर्षाका कारण पहाडी क्षेत्रमा धेरै नै क्षति पुर्याएको गाउँपालिकाकले जनाएको छ । पहिरोले घर पुरिदा वडा नम्बर ४ को चारघरेका ३ जनाको ज्यान समेत गएको थियो । वर्षा शुरु भएदेखि नै डरत्रासमा बस्दै आएको वडा नम्बर ४ का हेम बहादुर पाटा मगरले बताउनुभयो । कतिवेला पानि पर्छ र पहिरो जान्छ भन्ने एकिन हुदैन कतै राती सुतेको समयमा पहिरो आएर लैजान्छ कि भन्ने चिन्ताले सताउने गरेको हेम बहादुरले बताउनुभयो ।

त्यस्तै वडा नम्बर २ को लक्ष्मि सिंह ठकुरीले घरमा पहिरोले चर्किएको जमिन भासिएको हुदा दिनमा घरमा बसेपनि रातमा भने आफन्तको गएर बस्ने गरेको बताउनुभयो । गाउँपालिकाले व्यवस्था गरेको ठाउमा बस्दै आएका स्थानियहरु आज भने राहत पाउदा खुसी लागेको बताएका थिए । वषौदेखि सोहि क्षेत्रमा बसोवास गर्दै आएपनि अहिले जस्तो पहिरोले उठीबास लगाउने पहिले नभएको भन्दै विपत्तीको समयमा खाद्यन्य सहयोग पाउदा खुसी लागेको भन्दै विष्णु राना मगरले सहयोग गर्ने सस्थालाई धन्यवाद दिनुभएको थियो । त्यस्तै गाउँपालिका अध्यक्ष लक्ष्मी देवि पाण्डेले जोखिम क्षेत्रमा रहेका स्थानियहरुलाई केहि सुरक्षित स्थानमा राखिएको बताउनुभयो । विद्यालय र सामुदायिक भवनमा आश्रय लिएर बसेका पहिरो प्रभावितहरुको लागि दिगो व्यवस्थापन गर्न स्थानिय सरकारले एक्लैले नसक्ने भन्दै यसको लागि केन्द्र र प्रदेश सरकार संग पहल गरिरहेको समेत जानकारी दिनुभयो ।

 

 

तपाईको प्रतिक्रिया