नवलपुर । पूर्वि नवलपरासीबाट फेरी एक युवती बेपत्ता भएकी छिन । जिल्लाको देवचुली नगरपालिका वडा नं. १७ स्थित फारम घर भएकी २० वर्षीया विनिता शर्मा भाद्र १५ गतेदेखि वेपत्ता भएको स्थानीय नारायण पंगेनीले उज्यालोलाई बताए ।
भाद्र १५ गते विहान ११ वजे घरबाट ईलेक्ट्रीक साईकल लिएर हिडेकी उनि हालसम्म पनि परिवारको सम्पर्कमा नआएको बताइएको छ । उनले घरबाट लगेको सो साईकल भने सोहि दिन राति नारायणी नदी किनारमा फेला परेको परिवारले जनाएको छ ।
परिवारले विनिताको खोजीकार्य गरिदिनका लागि आग्रह गर्दै ईलाका प्रहरी कार्यालय रजहरमा निवेदन दिएको छ ।यस अघि नवलपुरकै गैँडाकाेट ४ बाट बेपत्ता भएकि विना सापकाेटाकाे अवस्था समेत हालसम्म  अज्ञात छ ।

तपाईको प्रतिक्रिया