गैँडाकोट । कोरोना भाईरस (कोभिड १९) का कारण बन्द रहेका गैँडाकोट नगरपालिका भित्रका विद्यालयहरु खुल्ने भएका छन् ।गैँडाकोट नगरपालिका नगर शिक्षा समितिको आज बसेको बैठकले नगरभित्रका विद्यालयहरु सञ्चालनको अनुमति दिएको हो ।
कोभिड १९ को प्रकोप घट्दै गैरहेको भन्दै बैठकले स्वास्थ्य मापदण्ड कायम गर्दै विद्यालयहरु खुलाउने निर्णय गरेको हो ।
नगरपालिकाका शिक्षा शाखाका प्रमुख बालकृष्ण चापागाईद्धारा जारी सूचनामा एउटा कक्षामा २५ जना र एउटा बेन्चमा २ जना विद्यार्थी रहने गरि विद्यालय सञ्चालन गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया