नारायणगढ–बुटवल सडकखण्ड : धमाधम विजुलीकाे पोल हटाईँदै
नवलपुर। नारायणगढ–बुटवल सडक निर्माणले गति लिने भएको छ । विगतमा यहाँका संरचना हटाउन लामो समय लागेकाले प्रगति न्यून देखिए थियो । अहिले ती संरचना हटिसकेकाले कामले गति लिने जनाइएको छ ।
अहिलेसम्म जम्मा आठ प्रतिशत भौतिक प्रगति रहेको आयोजनामा अबको छ महिनामा ३० प्रतिशत प्रगति हुने अपेक्षा गरिएको छ । काम नियमित हुँदा पनि एक वर्ष मात्रै अवधि बाँकी भएकाले ठेक्का अवधिभित्र सकिने देखिँदैन । अहिलेको कामको गति हेर्दा एक वर्ष अवधि थप्दा ८० देखि ९० प्रतिशतसम्म प्रगति हुने देखिएको बुटवाल–ना...


