मंगलबारसम्म हल्का वर्षाको सम्भावना
काठमाडौं । आजदेखि काठमाडौंलगायत देशका विभिन्न क्षेत्रमा हल्का वर्षाको सम्भावना छ।जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा पनि देखिएको छ।
आज बिहान प्रदेश नम्बर १, प्रदेश नम्बर २ र बागमती प्रदेशमा सामान्य वदली गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य वदली रहने र अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ।...


