×

गैँडाकाेट । नेकपा एमाले गैँडाकोट नगरकमिटिको आयोजनामा भोलि गैँडाकोटमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ ।बडादशै, दीपावली, छठ, नेपाल संवत तथा राष्टिय र स्थानीय पर्वहरुको अवसर पारेर चियापानको आयोजना गरिएको पार्टिले जनाएको छ ।

नगरकमिटिका अध्यक्ष षडानन्द लामिछानेले शुभकामना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्न नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशका ईन्चार्ज पृथ्वीसुब्बा गुरुगं गैँडाकोट आउने बताउनु भयो ।मध्यान्न १२ वजे गैँडाकोटको फेम्ली क्याफेमा आयोजना हुने शुभकामना तथा चियापान कार्यक्रममा जिल्ला स्तरीय नेताहरुको समेत उपस्थिति रहने एमालेले जनाएको छ ।

एमाले नेता गुरुगंले भोलिनै नेकपा एमाले गैँडाकोट १ को पार्टि कार्यालयको उद्घाटन गर्ने कार्यक्रम तय भएकाे छ । चियापान कार्यक्रम भन्दा पहिला पार्टिकाे वडा कार्यालयकाे उद्घाटन हुने एमाले गैँडाकाेट १ का अध्यक्ष शषिचन्द्र सिग्देलले बताउनु भयाे ।

तपाईको प्रतिक्रिया