×

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यलाई स्वागत गरिएको छ ।  प्रमुख संरक्षण अधिकृतमा सरुवा भई आएका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यलाई सौराहाका विभिन्न संघसंस्थाहरुद्धारा स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको हो ।

बाघमारा मध्यवर्ती सामुदायिक वनको संयोजनमा भएको उक्त कार्यक्रममा मृगकुञ्ज उपभोक्ता समितिका पूर्व अध्यक्ष बासु चापागाईंले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका कार्यक्रमलाई थप प्रभावकारी बनाउन निकुञ्जले तत्काल कदम चाल्नु पर्ने बताए । केही दिन यता निकुञ्ज र समुदाय बिच केही असमझदारी देखिएकोप्रति ध्यानाकर्षण गर्दै वन्यजन्तु संरक्षणमा समुदायको भुमिका महत्त्वपूर्ण रहेकोले समुदायलाई पनि संरक्षणमा संगै लैजानु पर्ने बताए ।

यसै गरि युनाइटेड हात्ती सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषि तिवारीले विश्व कै दुर्लभ प्राणी हात्ती संरक्षणमा सबैको सबैको सहयोग आवश्यक रहेको बताउदै हात्ती विनाको सौराहा कल्पना नै गर्न नसकिने बताए । रेबान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले निकुञ्जको संरक्षणका हरेक गतिविधिमा साथ र सहयोग रहने प्रतिवद्ध व्यक्त गर्दै नयाँ प्रमुख संरक्षण अधिकृतको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष दिपक भट्टराईले परम्परागत रुपमा चल्दै आएको पर्यटकिय कार्यक्रमहरुलाई व्यवस्थित गर्दै नयाँ सम्भावनाहरुको खोजी आवश्यकता रहेको बताउदै बाघमारा मध्यवर्ती सामुदायिक वनमा क्यानपी पर्यटनको लागि पहल भैरहेको जानकारी गराए । मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले निकुञ्जको संरक्षण निकुञ्ज, सेना र समुदायले मिलेर नै सम्भव भएको बताउदै यसलाई अझ मजबुत बनाउदै निकुञ्जको जैविक बिबिधतालाई संरक्षण गर्दै विश्वमा रहेको ख्यातिलाई थप उचाईमा लानुपर्ने बताए । रत्ननगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष लाल बहादुर भट्टले संरक्षणमा स्थानीय सरकार सदैव निकुञ्जको साथ रहेको बताउँदै मानव वन्यजन्तु द्वन्द न्यूनीकरणको कार्यक्रमको लागि नगरपालिकाले सामुदायिक वनसंग सहकार्य गर्दै आइरहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथी तथा प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले निकुञ्ज संरक्षणमा सबै एकबद्धता हुनु बाहेक अरु विकल्प नरहेको बताउदै आउदा दिनहरुमा समुदाय, निकुञ्ज र सेनाको साथ र सहयोगमा निकुञ्ज अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरे । उनले वन्यजन्तु पर्यटनको गुणस्तर बढाउनु पर्ने आवश्यकता रहेको बताउदै संख्यामा भन्दा गुणस्तरमा ध्यान दिन सबैमा अनुरोध गरेका छन् । उनले निजि हात्तीहरुको अभिलेखिकरण तत्काल राखी हात्ती संरक्षण गर्न निकुञ्ज गम्भीर रहेको जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया