×

नवलपुर । नारायणी नदीको को पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । अन्दाजी ५५ बर्षका पुरुष गैंडाकोट तर्फ हिंडेर आएको र पुलको बीच विन्दुबाट हामफालेर वेपत्ता भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ ।

वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टले बिहान ९ बजेर ५० मिनेटको समयमा ती पुरुष हामफालेर वेपत्ता भएको बताउनु भयो । ‘विहान स्थानीय र मोटरबोट वाला र गैंडाकोटका एक स्थानीयले खबर गरे, उहांँले भन्नुभयो, हामीले तत्काल राफ्ट बाट उद्धार गर्न लाग्यौं तर फेला परेन ।’

पानीको बहाव हिजोबाट बढेको र धमिलो पनि भएकोले हालसम्म उद्धारकार्य जारी भएपनि फेला नपरेको विष्टले बताउनु भयो । उनले पुलमाथि टोपी, गञ्जी र २ हजार तीनसय नगद छाडेको तर अन्य परिचय खुल्ने कुनै प्रमाण फेला नपरेको उहांँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया