×

फाईल फोटो

सुनवल । नवलपरासीको सुनवल नगरपालिका वडा नं। १३ मा नश्ल सुधारको लागि अष्ट्रेलियाबाट ल्याईएको बोयर जातको बोका काटेर दशैं मनाईएको छ । नगरपालिकाले करिव तीन लाख खर्चिएर ल्याएको उक्त बोका, बोका पालक किसान गंगाराम गैरेले अष्टमीको दिन काटेका हुन् । नगर प्रमुख भिम बहादुर थापा भरत, नगर पशुशाखा प्रमुख मिश्री प्रसाद खड्का र वडा अध्यक्ष कृष्ण प्रसाद देवकोटाको सहमतिमा बोका काटिएको गैरेले बताए ।

बोका विरामी थियो राम्रोसंग काम पनि गरेको थिएन त्यसैले वडाध्यक्ष ज्युले काटेर मासु खाने भन्नू भयो अनि काटियो-  कृषक गरैले भने । बोका विरामी भएकोले काटिएको र त्यसको सट्टामा अर्को बोका तयार गरिएको उनको जिकिर छ । त्यही बोकाको बीउ, अर्को बोका मसंग छ अब त्यही बोका प्रयोग गर्ने कुरा भएको छू – उनले भने ।

यसै विषयमा कुरा गर्दा उक्त बोकाको मासु खानेमध्यका एक खडानन्द कोइरालाले ९ सय रुपैयाँ किलोका दरले आफुले पनि मासु किनेको बताए । सुरुमा त मलाई थाहा भएन, पछि नगरपालिकाले अनुदानमा दिएको बोकाको मासु रैछ भन्ने थाहा पाएपछि मैलेपनि यसबारे सोधिखोजी गरें उनले भने ।

कोईरालाका अनुसार उक्त बोका जम्मा साढे २० केजी भएको थियो । प्रती केजी ९ सयका दरले जसको मासुको मुल्य जम्मा १८ हजार ४ सय ५० हुन आउँछ । यसरी करिव तीन लाख खर्चिएर नश्ल सुधारको लागि नगरपालिकाले अष्ट्रेलियाबाट ल्याएको बोका काटेर दशैं मनाईएको छ ।

यस विषयमा उज्यालाे खबरले  कुरा गर्दा  वडा नं। १३ का अध्यक्ष कृष्ण प्रसाद देवकोटाले बाेका विरामी भएकाे र सट्टामा अर्काे बाेका दिन कृषक गैरे तयार भएपछि बाेका काट्न भनेकाे स्कीकार गरे ।

 

तपाईको प्रतिक्रिया