×

नवलपुर । नवपुरको  दाउन्ने स्थित विश्वकर्मा मन्दिर नजिकै हवाई जहाज दुर्घटना भएको भन्ने खबरपछि सो स्थल तर्फ गएको प्रहरी टोलि घटना स्थल भनिएको क्षेत्रमा दुर्घटनाको कुनैपनि आधार नदेखिएपछि फिर्ता भएको छ । आज साँझ दाउन्नेमा जहाज दुर्घटना भएको भन्ने खबरपछि प्रहरी टोलि त्यसतर्फ प्रस्थान गरेको थियो ।

नवलपुर सहित परासी र बर्दघाटबाट समेत सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलि सो स्थानमा पुगेको थियो । विभिन्न एयरलाइन्स र बिमानस्थल संग नवलपुर प्रहरीले गरेको सम्पर्कमा सबै जहाजहरु सम्पर्कमा रहेको र कुनैपनि मिसिङ नभएको भन्ने जानकारी पछि सो स्थलमा दुर्घटना नभएको निष्कर्षमा पुगेको सिडिओ मनमाया पंगेनीले जानकारी दिनुभयो । दाउन्नेमा बिमान दुर्घटनामा भएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपस्चात नवलपुर र परासी प्रहरी दाउन्ने पुगेको थियो ।

तपाईको प्रतिक्रिया