×

नवलपरासी । नवलपरासी (पश्चिम)प्रहरीले आज अवैध भन्सार छली चोरी पैठारीमा संलग्न १ वटा पिकअप र पिकअप चालक सहित अन्दाजी २० लाख २६ हजार ४ सय १० मुल्य बराबरको अवैध मालसामान, खसी,रागा, भैंसी जिल्लाका बिभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।

आज बिहान अन्दाजी सात बजेको समयमा भारतबाट भन्सार छलि अवैध रुपमा ल्याउदै गरेको अन्दाजी १५ लाख १० हजार मुल्य बराबरको खसी १७ जिउ, बागमती प्रदेश ०३-००१ च १२४६ नं।को पिकअप गाडी र पिकअप चालक समेतलाई प्रहरी चौकी कुडियाबाट खटिएको प्रहरी टोलीले सुस्ता गाउंपालिका वडा नं।२ कुडिया स्थितबाट बरामद गरेको डिएसपी राजु लामाले जानकारी दिनुभयाे ।

त्यसै गरी बिहान ६:३० बजेको समयमा भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको पहेंलो तोरीको बीउ ( ७४ प्याकेट अन्दाजी ८३ हजार २ सय ५० मुल्य बराबरको) सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाँउपालिका वडा नं। ७ बुलन्दपु स्थितबाट बरामद गरेको छ । उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाइ देखि सामान फाली मानिस मोटरसाईकल सहित भागेका उहाँले बताउनु भयाे ।
त्यसै गरी बिहान  भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको चिनि १५० के।जि। र नरिवल ४ के।जि। अन्दाजी १३ हजार १ सय ६० मुल्य बराबरको ईलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाँउपालिका वडा नं। ३ कुस्मा स्थितबाट बरामद गरेको छ । उक्त सामान साईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाइ देखि सामान फाली मानिस साईकल सहित भागेका थिए ।

आजै  अवैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ पैदल ५ जिउरांगा,१ जिउ भैसी अन्दाजी ४ लाख २० हजार मुल्य बराबरको सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाउंपालिका वडा नं।७ बुलन्दपुर स्थितबाट बरामद गरेको हो । उक्त भैंसी तथा रांगा पैदल ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि भैसी र रांगा छाडी मानिस भागेका थिए ।आज बरामद खसी, भैंसी तथा रांगा आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।

तपाईको प्रतिक्रिया