गैँडाकोट । किसान परिवारले  विजयादशमी, दिपावली, नेपाल सम्बत एवं छठको पावन अवसरमा गैँडाकाेटमा  शनिबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।किसान बचत तथा ऋण सहकारी संस्था, किसान उपभोक्ता सहकारी संस्था, सहज फाउण्डेशन र किसान ग्यालेरीको संयुक्त आयोजनामा किसान मार्टमा कार्यक्रम सम्पन्न भएको हो ।

किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरी चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ जिल्ला कार्यसमितिका अध्यक्ष अमृत भट्टचन प्रमुख अतिथि रहनुभएको थियो । शुभकामना आदानप्रदान कार्यक्रममा किसान उपभोक्ता सहकारी संस्थाका सेयर सदस्यहरुलाई प्रमाण पत्र र डिजिटल कार्ड समेत वितरण गरिएको थियो ।

साे अवशरमा बाैद्धिक सम्पती संरक्षण श्रृजनशिल प्रतिभाहरुकाे सम्बर्धन र संरक्षणकाे उदेश्यले स्थापित किसान ग्यालरीका संयाेजक, कलावती आर्ट सेन्टरका सन्चालक र हामी कलाकारका अभियान्ता भिमप्रसाद शर्माले अवधारणा पत्र प्रस्तुत गर्नुभएकाे थियाे ।

तपाईको प्रतिक्रिया