नवलपुर । नेपालगंजबाट काठमान्डौ जान आउँदै गरेको बसमा सवार एक यात्रुको बसको सिटमै मृत्युु भएको छ ।
भे १ ख ३१४७ नम्बरको बसमा सवार सुनसरी जिल्ला ईटहरी घर भएका अन्दाजी ५० वर्षका सुरज कार्कीको बसमा यात्रा गरिरहेको अवस्थामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।
हिजो साँझ ६ वजे नेपालगंजबाट छुटेको बस आज विहान नवलपुरको अरुणखोलामा आईपुग्दा कार्कीको सिटमा सुतेको अवस्थामै ज्यान गएको प्रहरीले जनाएको छ ।कार्कीको शवलाई पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया