कावासोती । नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन नवलपुरको संयोजकमा मदन गिरी चयन भएका छ्न ।अनेरास्ववियु केन्द्रिय सचिव एवं गण्डकी प्रदेश का संयोजक ठाकुर पराजुलीले गिरीलाई संयोजकमा मनोनयन गरेका हुन ।

नेकपा एमालेको विभाजन सँगै एमाले निकट अनेरास्ववियुको जिल्ला अध्यक्ष रहेका पराजुली सहित गिरी नेकपा समाजवादीमा लागेका थिए । पराजुली केन्द्रिय सचिव र गण्डकी प्रदेश संयोजक भए पछि गिरीलाई जिल्ला संयोजकको जिम्मेवारी दिईएको हो ।

तपाईको प्रतिक्रिया