एमाले गैँडाकोटको अधिवेशन आज : ४१५ जना प्रतिनिधिहरु बन्दसत्रमा सहभागि हुने
सुस्मा न्यौपाने
गैँडाकोट । नेकपा एमाले गैँडाकोट नगरकमिटीको आज हुने एकताको प्रथम नगरअधिवेशनमा ४१५ जना प्रतिनिधिहरु सहभागी हुुने भएका छन् । नगरका १८ वडाहरुबाट ३६७ जना र अधिवेशन आयोजक कमिटीबाट ४८ जना गरि कुल ४१५ जना प्रतिनिधिहरु अधिवेशनको बन्दसत्रमा सहभागी हुने नेकपा एमालेले जनाएको छ।
नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा गैँडाकोट नगरपालिकाका ईन्चार्ज यमुनाथ आचार्यले ४१५ जना प्रतिनिधिहरुको नामावली आएको उज्यालो खबरलाई जानकारी दिए ।नयाँ नेतृत्व चयनको लागि अन्तीम समयसम्म सहमती...


