×

गैँडाकोट । नेकपा एमाले गैँडाकोटको प्रथम नगरअधिवेशनमा निर्वाचन मण्डलले चलाखी गरेको छ । नयाँ नेतृत्व चयनका लागि उमेदवारी दर्ता गराउनेहरुको नामावली चिटका भरमा दर्ता  गर्दै उसले नेतृत्वका आकांक्षीहरुलाई झुक्याएको हो ।
समान्यतया नयाँ नेतृत्व छनौटका लागि निर्वाचन प्रकृया मार्फत मनोनयन दर्ता  गराँउदा उमेदवारको एकजना समर्थक र एकजना प्रस्तावक हुनुपर्ने प्रावधान छ । त्यस विपरित एमालेको गैँडाकोट अधिवेशनमा हलबाटै निर्वाचन मण्डलले आकांक्षीहरुलाई कागजको टुक्रामा नाम लेखेर दिन भनेको हाे ।
निर्वाचन मण्डलका संयोजक रामु अर्यालले नेकपा एमालेको नगर अधिवेशन पार्टिको आन्तरिक विधिबाट गर्ने निर्णय भएको र सर्वसम्मतीका त्यसो गरिएको बताए । पार्टिलाई बलियो बनाउन सकेसम्म बाक्सा नथाप्ने गरि नयाँ नेतृत्व चयन गर्ने भन्नेनै त्यसैले आकांक्षीहरुको नामावली लिएर सहमतिको लागि त्यसो गरिएको उनले भने ।
निर्वाचन मण्डलका सदस्य समेत रहेका अधिवक्ता रमेश काफ्लेले आफु उमेदवारी मनोनयनको समयमा ढिला पुगेको भन्दै त्यसबारेमा बुुझेर मात्रै बोल्ने बताए । सामान्यतया प्रस्तावक र सर्मथक हुनुपर्ने भन्दै काफ्ले प्रकृया नपुगेको भए फेरि प्रकृया पुराउनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया