×

गैँडाकोट । नवलपुरको गैंडाकोटमा होटल ड्रिम्स प्रालि संचालनमा आएको छ । प्रसिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिरको फेदी गैंडाकोट–१ मा होटल ड्रिम्स संचालनमा आएको हो ।

होटलका सञ्चालक सीता पुन सापकोटाले टिपिकल नेपाली खाना र थकाली खानाको प्रवन्ध सहित होटलको सुरुवात गरिएको बताउनु भयो ।होटलमा वातानुकुलित ६ वटा रुमहरु सञ्चालनमा ल्याइएको छ । तालिमप्राप्त कुकहरुले थकाली खाना, ढिँडो र लोकल कुखुराको परिकार उपलव्ध गराउने उहाँले बताउनुभयो ।

मौलाकालिका मन्दिर दर्शन गर्न टाढाबाटसमेत आउने आगन्तुकका लागि स्वच्छ र रमणीय वातावरणमा बास बस्न र खाना खानको लागि यो होटल उपयुुक्त हुने संचालकको दाबी छ । ‘मौलाकाली सामुदायिक वनको काख र नारायणी नदीको नजिकमा रहेको यो होटलमा आगन्तुकले मीठो खाना र आरामदायी बास पाउनेछन’ होटल संचालक सीता सापकोटाले भन्नुभयो ।

तपाईको प्रतिक्रिया