गैँडाकोट । नेकपा एमाले गैँडाकोटको प्रथम नगर अधिवेशनमा युवा नेता नर बहादुर थापा (नरेश) ले उपसचिव पदमा आफ्नो उमेदवारी दर्ता गराउनुभएको छ ।गैँडाकोट नगरपालिका वडा नं. ८ का जनप्रतिनिधि समेत रहनुभएका युवा नेता थापाले नगर कमिटीको उपसचिव पदमा आफ्नो उमेदवारी दर्ता गराउनु भएको हो ।
मैले नेकपा एमालेलाई बलियो र संगठित बनाउने उदेश्यलेनै उपसचिव पदमा उमेदवारी दिएको हुँ थापाले भन्नुभयो :”सबैले सहमतीकै आधारमा मलाई चुन्नुहुनेछ भन्ने विश्वास लिएको छु” ।अधिवेशनको बन्दसत्र पश्चात नयाँ कमिटी चयनका लागि आह्वान भएको मनोनयनको क्रममा अग्रजहरुको सल्लाहमा थापाले उमेदवारी दिनुभएको हो ।
नेकपा एमाले गैँडाकाेट वडा नं काे अध्यक्ष भएर थापाले पार्टिलाई बलियाे बनाउन महत्वपूर्ण भुमिका खेल्नु भएकाे छ । स्थानीय तहकाे निर्वाचनमा थापाकै नेतृत्वमा गैँडाकाेट ८ मा एमालेले वडा अध्यक्ष सहित २ सदस्यहरु जिताउन सफल भएकाे थियाे । युवा समाजसेवीको छवि बनाएका थापा पार्टि भित्रै परिचित नाम हो ।