×

सुस्मा न्यौपाने
गैँडाकोट । नेकपा एमाले गैँडाकोट नगरकमिटीको आज हुने एकताको प्रथम नगरअधिवेशनमा ४१५ जना प्रतिनिधिहरु सहभागी हुुने भएका छन् । नगरका १८ वडाहरुबाट ३६७ जना र अधिवेशन आयोजक कमिटीबाट ४८ जना गरि कुल ४१५ जना प्रतिनिधिहरु अधिवेशनको बन्दसत्रमा सहभागी हुने नेकपा एमालेले जनाएको छ।

नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा गैँडाकोट नगरपालिकाका ईन्चार्ज यमुनाथ आचार्यले ४१५ जना प्रतिनिधिहरुको नामावली आएको उज्यालो खबरलाई जानकारी दिए ।नयाँ नेतृत्व चयनको लागि अन्तीम समयसम्म सहमतीको प्रयास गरिने नेताहरुले बताएका छन् । सहमतिका लागि अन्तिम प्रयास तर सहमति जुट्न नसकेको खण्डका छनौट भएका ४१५ जना प्रतिनिधिहरुले भोट हालेर नयाँ नेतृत्व छनौट गर्नेछन् ।

नगर अध्यक्ष पदमा हालसम्म युवा नेताहरु नवराज क‌ंडेल , गिरीराज उपाध्याय, देवीदत्त कंडेल र रामचन्द्र धितालले उमेदवारी दिने घोषणा गरेका छन् । त्यसैगरी नगर उपाध्यक्षमा युवा नेता हुम बहादुर गुरुङ र श्रीराम सुवेदीले उमेदवारी दिने बताएका छन् । त्यसैगरी नगर सचिव पदका लागि अनेरास्ववीयूका पूर्व केन्द्रीय सदस्य तथा चर्चीत विद्यार्थी नेता कमल तिवारीले उमेदवारीको घोषणा गरेका छन् । सहसचिवमा नेत्रराज सापकोटा, विमल चापागाईको नाम चर्चामा छ

।गैँडाकोट नगरपालिका वडा नं। १३ मा रहेको कालाबन्जरा रिर्सोटमा विहान ११ वजे प्रथम नगर अधिवेशनको उद्घाटको कार्यक्रम तय भएको नेकपा एमालेका नगर अध्यक्ष षडानन्द लामिछानले जानकारी दिए ।

तपाईको प्रतिक्रिया