संस्कृति बिकास मार्ग निर्माण समिती द्धारा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम
गैंडाकोट । गैंडाकोट नगरपालिका वडानम्बर २ मा रहेको संस्कृति बिकास मार्ग निर्माण समितीले आज आफ्नै टोलमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सप्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धुर्वराम पौडेलले संकृति मार्ग विगतदेखिनै क्रियाशील र जुझारु रहेको भन्दै वडाका हरेक काम गर्न सहज भएको बताउनु भयो ।
वडामा रहेका सबै टोलबिकास र मार्ग मध्ये यो संकृतीमार्ग अब्बल रहेकोले आगामी दिनमा समेत वडाले सम्मान एवं कदर गरिरहने र टोलविकास संस्थ...


