×

नवलपुर विशेष

वाईसीएल नवलपुरकाे संयाेजकमा पौडेल चयन

वाईसीएल नवलपुरकाे संयाेजकमा पौडेल चयन
नवलपुर  । योङ्ग कम्युनिष्ट लीग नेपाल (वाईसीएल), नवलपुर संयोजकमा गैडाकोट ४ निवासी प्रबिण राज पौडेल चयन भएका छन् ।वाईसीएल को केन्द्रीय कार्यालयले जारी गरेको परिपत्र अनुसार उनी जिल्ला संयोजकमा चयन भएका हुन । उनी संगठनको गण्डकी प्रदेश सदस्य समेत रहेका छन् ।२०६०/६१ साल देखि बिद्यार्थी राजनीतिमा सक्रिय भई अखिल (क्रान्तिकारी), लक्ष्मी उच्च मा. बी. अमरापुरी को ईकाई अध्यक्ष, क्षेत्रीय अध्यक्ष ,जिल्ला सदस्य , जिल्ला सचिवालय सदस्य को कार्यकाल सफलतापुर्वक सम्पन्न गरि ब...

यी हुन् एमाले गैँडाकोट हाँक्ने ५ हस्तीहरु !

यी हुन् एमाले गैँडाकोट हाँक्ने ५ हस्तीहरु !
गैँडाकाेट । नेकपा एमाले गैँडाकोटले नयाँ नेतृत्व पाएको छ । प्रथम नगर अधिवेशन अन्र्तगत आज भएको निर्वाचन प्रकृयाबाट एमाले गैँडाकोटले नयाँ नेतृत्व पाएको हो । नगर उपाध्यक्ष, सचिव र ७० जना सदस्यहरु सर्वसम्मत भएपनि अध्यक्ष र उपसचिव पदमा कुरा नमिलेपछि भोट हालेर प्रतिनिहरुले नेता चुनेका हुन । अध्यक्षमा पहिलेकै अध्यक्ष षडानन्द लामिछाने दोहोरिएका छन् । उनले आफ्ना प्रतिष्पर्धी नेता गिरीराज उपाध्यायलाई ४१ मतले पछि पारे । लामिछानेले २२९ मत ल्याउँदा उपाध्यायले १८८ मा मन बुझाए । २ उपसच...

एमाले गैडाकोटकाे अध्यक्षमा षडानन्द लामिछाने विजयी , उपसचिवमा श्रीराम र कोकिसरा

एमाले गैडाकोटकाे अध्यक्षमा षडानन्द लामिछाने विजयी , उपसचिवमा श्रीराम र कोकिसरा
गैडाकाेट ।  नेकपा एमाले गैँडाकोट नगर कमिटीको अध्यक्षमा षडानन्द लामिछाने बिजयी भएका छन् । प्रतिष्पर्धी गिरीराज उपाध्यायलाई ४१ मतले पछि पार्दै लामिछाने बिजयी भएका हुन्। लामिछानेले २२९ मत प्राप्त गर्दा उपाध्यायले १८८ मत प्राप्त गरे ।नगर उपसचिवमा श्रीराम सुवेदी र कोकिसरा राना मगर विजयी भए। सुवेदीले २३१ मत प्राप्त गर्दै विजयी  भए भने  रानामगरले १७६ मत प्राप्त गरि विजयी भईन् । उपसचिव पदमा खेमनारायण लम्सालले १३२, विमल शर्माले १२० र नरबहादुर थापाले १२१ मतमा चित्त बुझाए । गैँडाकोट ...

एमाले गैँडाकोटको नयाँ नेतृत्वका लागि भोलि विहान ८ वजेदेखि भोटिङ

एमाले गैँडाकोटको नयाँ नेतृत्वका लागि भोलि विहान ८ वजेदेखि भोटिङ
गैँडाकोट । नेकपा एमाले गैँडाकोटको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने भएको छ ।नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन  गर्न एमाले नेतृत्व असफल भएपछि भोटिङको माध्यमबाट नयाँ नेतृत्वको छिनोफानो गरिने भएको हो । गैँडाकोटको शिख्रौली मध्यवर्ती उपभोक्ता समूहको कार्यालय नजिकैको खुला चौरमा विहान ८ वजेबाट मतदान हुने निर्वाचन मण्डलका संयोजक रामुकान्त अर्यायलले जानकारी दिनुभयो ।अहिले उमेदवारहरुले अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवका आकांक्षीहरुले मनोनयन दर्ता गरिरहेका छन् ।

मध्यरातमा जुवाको खालमा प्रहरीको छापा, मोटो रकम सहित गैँडाकोटबाट ११ जुवाडे पक्राउ

मध्यरातमा जुवाको खालमा प्रहरीको छापा, मोटो रकम सहित गैँडाकोटबाट ११ जुवाडे पक्राउ
गैँडाकोट । नवलपुरको गैँडाकोटबाट मोटो रकम सहित प्रहरीले १० जना जुवाडेलाई पक्राउ गरेको छ । गैँडाकोट नगरपालिका वडा न. १० भैसाखोरीमा रहेको सापकोटा न्यू तन्दुरी होटल एण्ड रेष्टुरेन्टमा जुवा खेल्दै गरेका ५ जना र वडा नं. १४ स्थित नारायण घर्तीको घरमा जुवा खेल्दै गरेको अवस्थमा ५ जना गरि १० जुवाडे पक्राउ परेका हुन् । प्रहरीको विशेष टोलिले उनिहरुलाई गएराति नगद सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ । सापकोटा न्यू तन्दुरी होटल एण्ड रेष्टुरेन्टमा जुवा खेल्...

गैँडाकोटमा १८ वर्ष माथिका सबैलाई खोप लगाइने (मिति समय र स्थान सहित)

गैँडाकोटमा १८ वर्ष माथिका सबैलाई खोप लगाइने (मिति समय र स्थान सहित)
गैँडाकोट । गैँडाकोट नगरपालिकाले १८ वर्ष माथिका सबैलाई कोभिड विरुद्धको खोप लगाउने भएको छ ।यहि कार्तिक १६र १७ गते खोप लगाउन बाँकि रहेकाहरुलाई खोपकाे पहिलाे मात्रा  लगाईने भएको हो । नगरका सबै वडाहरुमा खोप लगाउने कार्यक्रम तय भएको छ । नगरप्रमुख छत्रराज पौडेलले कोभिड विरुद्धको खोप लगाउन छुटेकाहरुले १६र १७ गते तोकिएको स्थानमा गई खोप लगाउन सक्ने बताउनुभयो ।

प्रेस सेन्टर नवलपुरको अध्यक्षमा भुमिश्वर पौडेल शर्मा चयन

प्रेस सेन्टर नवलपुरको अध्यक्षमा भुमिश्वर पौडेल शर्मा चयन
कावासोती । प्रेस सेन्टर नेपाल नवलपुर जिल्ला समितिको दोस्रो जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । कावासोतीमा आज भएको अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । प्रेस सेन्टर नवलपुरको अध्यक्षमा भुमिश्वर पौडेल शर्मा चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा सुनिता भट्टराई, सचिवमा अर्जुन कंडेल, कोषाध्यक्षमा रञ्जु पाण्डे, सह–सचिवमा सदिक्षा पाण्डे र देवी सापकोटा, सदस्यहरुमा बसन्त भुजेल, किस्मत पौडेल, अमृत लम्साल लगायत रहुनभएको छ । त्यसैगरी अधिवेशनले केन्द्रीय प्रतिनिधिम...

संस्कृति बिकास मार्ग निर्माण समिती द्धारा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम

संस्कृति बिकास मार्ग निर्माण समिती द्धारा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम
गैंडाकोट । गैंडाकोट नगरपालिका वडानम्बर २ मा रहेको संस्कृति बिकास मार्ग निर्माण समितीले आज आफ्नै टोलमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सप्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धुर्वराम पौडेलले संकृति मार्ग विगतदेखिनै क्रियाशील र जुझारु रहेको भन्दै वडाका हरेक काम गर्न सहज भएको बताउनु भयो । वडामा रहेका सबै टोलबिकास र मार्ग मध्ये यो संकृतीमार्ग अब्बल रहेकोले आगामी दिनमा समेत वडाले सम्मान एवं कदर गरिरहने र टोलविकास संस्थ...

एमाले गैँडाकोटको नेतृत्व टुंगाउने जिम्मा जिल्ला अध्यक्ष र इन्चार्जलाई

एमाले गैँडाकोटको नेतृत्व टुंगाउने जिम्मा जिल्ला अध्यक्ष र इन्चार्जलाई
नवलपुर ।नेकपा एमाले गैँडाकोट नगरकमिटीको प्रथम अधिवेशन मार्फत नयाँ नेतृत्वको टुंगो लगाउने जिम्मा अन्ततः जिल्ला ईन्चार्ज र पार्टि अध्यक्षलाई दिईने भएको छ । ७० जना नगर सदस्यहरु सर्वसम्मत रुपमा छनौट गर्ने देखिएपनि पाँच पदाधिकारीको अन्तिम टुंगो लगाउन एमाले नेताहरुलाई सकस परेको छ । १८ वटा वडाहरुबाट हालसम्म ६४ जना नगर सदस्यहरुको नामावली सर्वसम्मत रुपमा  चयन गरि निर्वाचन कमिटीलाई दिइएको छ । वडा नं. १० र १३ मा बाहेक अरु सवै वडाहरुमा सदस्यहरुको सवालमा विवाद छैन । १० र १३ वडामा पनि आ...