×

गैंडाकोट । गैंडाकोट नगरपालिका वडानम्बर २ मा रहेको संस्कृति बिकास मार्ग निर्माण समितीले आज आफ्नै टोलमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सप्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धुर्वराम पौडेलले संकृति मार्ग विगतदेखिनै क्रियाशील र जुझारु रहेको भन्दै वडाका हरेक काम गर्न सहज भएको बताउनु भयो ।

वडामा रहेका सबै टोलबिकास र मार्ग मध्ये यो संकृतीमार्ग अब्बल रहेकोले आगामी दिनमा समेत वडाले सम्मान एवं कदर गरिरहने र टोलविकास संस्थाको सहयोग विना वडाको बिकास अधुरो रहने भन्दै हरेक विकास निर्माणका साथै सामाजिक तथा रचनात्मक काममा साथ रहने बताउनुभएको थियो । कार्यक्रमका बिशेष अतिथि उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष अमृत भट्टचनले विगतका दिनमा टोलमा खानेपानी, विजुली ढल र बाटो निर्माण कार्यमा आफूले गरेका सहयोग र आगामी दिनमा टोललाइ आवश्यक पर्ने भूमिका निर्वाह गर्दै संस्थाले दिएको जिम्मेवारी र दायित्व पालना गर्दै जाने बताउनु भयो । टोलको विकास र समस्या समाधानको लागि एकल प्रयासले मात्रै सम्भव नहुने बताउंँदै अध्यक्ष भट्टचनले सबैको सहकार्य र सहयोग साथै एकरुपताको अपेक्षा गर्नुभएको थियो ।

भर्खरैमात्र निर्माण कार्य सम्पन्न भएको संकृति मार्ग निर्माण समिति सम्योजक ढकप्रसाद कुवर को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष कुवरलाइ टोलबिकास संस्थाका तर्फ बाट सम्मान समेत गरिएको थियो । उक्त कार्यक्रममा पुर्ण चन्द्र पोख्रेल, यदुनाथ सापकोटा,हिमालदेब पङ्गेनी,सुर्य घिमिरे,धन बहादुर पौडेल,ऋषिराम घिमिरे,गिता ढकाल,भगिरथी सुबेदी,तुलसी प्रसाद श्रेष्ठ लगायत विभिन्न टोलका अध्यक्ष जनप्रतिनिधि,ब्यापारी,राजनितीदलका प्रतिनिधि पत्रकार लगाएतको उपस्थित रहेको थियो ।

धना बरालले उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो । शुभकामना तथा सम्मान कार्यक्रममा संकृति मार्ग निर्माण समिती लाई आर्थिक एवं भौतिक सहयोग गर्ने दाताहरु लाइ सम्मान समेत गरिएको कार्यक्रममा संकृति मार्ग निर्माण समिती सचिब बिमला प्याकुरेलले आर्थिक प्रतिबेदन पेस गर्नु भएको थियो । प्रदेश सरकार,नगरपालिका,वडा कार्यलय र स्थिनियको कुल ४० लाख रुपैया खर्च गरि मार्ग तयार भएको प्याकुरेलले प्रतिबेदन पेसगर्दै जानाकारी दिनु भएको थियो । कार्यक्रम सरिता घिमिरेको सहजीकरणमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया