×

गैँडाकोट । नेकपा एमाले गैँडाकोटको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने भएको छ ।नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन  गर्न एमाले नेतृत्व असफल भएपछि भोटिङको माध्यमबाट नयाँ नेतृत्वको छिनोफानो गरिने भएको हो ।

गैँडाकोटको शिख्रौली मध्यवर्ती उपभोक्ता समूहको कार्यालय नजिकैको खुला चौरमा विहान ८ वजेबाट मतदान हुने निर्वाचन मण्डलका संयोजक रामुकान्त अर्यायलले जानकारी दिनुभयो ।अहिले उमेदवारहरुले अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवका आकांक्षीहरुले मनोनयन दर्ता गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया