×

गैँडाकाेट । नेकपा एमाले गैँडाकोटले नयाँ नेतृत्व पाएको छ । प्रथम नगर अधिवेशन अन्र्तगत आज भएको निर्वाचन प्रकृयाबाट एमाले गैँडाकोटले नयाँ नेतृत्व पाएको हो ।

नगर उपाध्यक्ष, सचिव र ७० जना सदस्यहरु सर्वसम्मत भएपनि अध्यक्ष र उपसचिव पदमा कुरा नमिलेपछि भोट हालेर प्रतिनिहरुले नेता चुनेका हुन । अध्यक्षमा पहिलेकै अध्यक्ष षडानन्द लामिछाने दोहोरिएका छन् । उनले आफ्ना प्रतिष्पर्धी नेता गिरीराज उपाध्यायलाई ४१ मतले पछि पारे । लामिछानेले २२९ मत ल्याउँदा उपाध्यायले १८८ मा मन बुझाए ।

२ उपसचिवमा कोकीसरा राना मगर र श्रीराम सुवेदी विजयी भए उनिहरुले क्रमश : १७६ र २३१ मत प्राप्त गरे । उपसचिव पदमा लडेका खेमनारायण लम्सालले १३२, विमल शर्माले १२० र नरबहादुर थापाले १२१ मतमा चित्त बुझाए ।

नगर कमिटीमा अध्यक्ष र सचिव दोहोरिएका छन् भने अन्य नयाँ अनुहार हुन् । नवनिर्वाचित अध्यक्ष लामिछानेले पार्टिलाई थप वलियो बनाउँदै सबैलाई समेटेर अगाडी बढ्ने बताए । चुनाव पार्टि भित्रको आन्तरिक प्रतिष्पर्धा भएको भन्दै यसलाई हारजितको रुपमा कसैले लिन नहुने धारणा राखे ।

 

तपाईको प्रतिक्रिया