गैँडाकोटमा घरबाटै ३ थान मोवाइल सहित नगद चोरी
गैँडाकोट। गैँडाकोट नगरपालिका २ स्थित ईश्वरी प्रसाद भण्डारीको घरबाट ३ थान मोबाइल सहित पर्स चोरी भएको छ।आज बिहान साढे ५ बजेको समयमा चार्जमा राखिएका ३ थान मोबाईल र ६ हजार ५०० नगद सहितको पर्स चोरि भएको हो।
शनिवार बिहान श्रीमती पुजा गर्न गएको र आफु सुतिरहेको कोठाबाट श्रीमती, छोरी र आफुले चलाउने मोबाईल र नगद ६ हजार ५०० रूपैँया सहितको पर्स चोरी भएको पीडित प्रकाश पौडेलले बताए।
भुँईतलामा भाडा बस्ने प्रकाश पौडेलको कोठाबाट उक्त सामान चोरी भएको हो। गैंँडाकोटका अधिकांश क्षेत्रहरूम...


