गैँडाकोट। गैँडाकोट नगरपालिका  २ स्थित ईश्वरी प्रसाद भण्डारीको घरबाट ३ थान मोबाइल सहित पर्स चोरी भएको छ।आज बिहान साढे ५ बजेको समयमा चार्जमा राखिएका ३ थान मोबाईल र ६ हजार ५०० नगद सहितको पर्स चोरि भएको हो।

शनिवार बिहान श्रीमती पुजा गर्न गएको र आफु सुतिरहेको कोठाबाट श्रीमती, छोरी र आफुले चलाउने  मोबाईल र नगद ६ हजार ५०० रूपैँया सहितको पर्स चोरी भएको पीडित प्रकाश पौडेलले बताए।

भुँईतलामा भाडा बस्ने प्रकाश पौडेलको कोठाबाट उक्त सामान चोरी भएको हो। गैंँडाकोटका अधिकांश क्षेत्रहरूमा अहिले चोरीका घटना बढिरहदा प्रहरीकाे सकृयता बढेकाे देखिएकाे छैन ।

 

तपाईको प्रतिक्रिया