नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम रिजाल आउनुभएकाे छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएपछि रिजाल यहाँ आउनुभएकाे हाे ।

उहाँलाई नगरप्रमुख छत्रराज पौडेल, वडाअध्यक्षहरु नवराज कडेँल, प्रेम प्रसाद सापकोटा लगायतले स्वागत गर्नुभयाे । लाेकसेवा आयाेगमा कार्यरत रहनुभएका रिजालसँग पर्वतकाे  फलेवास नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा  सेवा गरेकाे अनुभव छ ।

नगरकार्यपालिकाबाट भएका निर्णयहरुको प्रचलित विधि,कानुन,पद्धतीमा रहेर प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुका साथै दैनिक हुने सेवाप्रवाहमा गुनासो आउन नदिनेतर्फ सचेत रहेर काम गर्ने,संस्थागत क्षमताको विकास गर्ने रिजालले बताउनुभयाे ।

तपाईको प्रतिक्रिया