×

गैँडाकोट । नवलपरासी (पूर्व) को गैँडाकोटका शैक्षिक ब्यक्तित्वहरु गोपेन्द्र केशरी न्यौपाने र राजेन्द्र पौडेल निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को केन्द्रीय उपाध्यक्ष र केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

राजधानीमा सम्पन्न प्याब्सनको १५ औँ राष्टिय महाधिवेशन मार्फत नमुना कलेजका प्राचार्य न्यौपाने र मुकुन्दसेन ईङलिस बोडिङ स्कुलका प्रिन्सीपल  प्राचार्य पौडेल क्रमश केन्द्रीय उपाध्यक्ष र सदस्य पदमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

प्याब्सनको केन्द्रीय समितिमा निर्वाचित भएपछि न्यौपाने र पौडेल दुवैले निजी विद्यालयहरुका समस्या समाधानका लागि आफुहरु लागि पर्ने बताउनुभयो । उहाँहरु दुवैजनाले शिक्षा क्षेत्रको विकासका लागि यस क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको छ ।

तपाईको प्रतिक्रिया