×

गैंडाकोट। गैंडाकोट सुनचाँदी व्यवसायी संघ, नवलपरासी बर्दघाट सुस्ता पूर्वको अध्यक्षमा सुरथ बहादुर सुनार (सुरज) निर्विरोध रूपमा चयन भएका छन्। आज सोमबार संघको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट अध्यक्ष सुनार निर्विरोध चयन भएका हुन्। अध्यक्ष सुनारको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति तीन वर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा चयन भएको छ ।

संघको वरिष्ठ उपाध्यक्षमा तारा बहादुर वि।क, उपाध्यक्षमा कमलबहादुर वि.क, महासचिवमा अविनाश सुनार, कोषाध्यक्षमा पदमबहादुर विश्वकर्मा, सचिवमा सदिश वि.क, सहकोषाध्यक्षमा भीम वि.क, कार्यसमिति सदस्यहरूमा तारा प्रसाद वि.क, कृष्ण विश्वकर्मा, जयलाल सुनार, प्रदीप श्रीपाली चयन भएका हुन् ।कार्यक्रम नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका केन्द्रीय अध्यक्ष सुरेशमान श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष बुद्धिबहादुर विश्वकर्माले गरेका थिए ।

कार्यक्रममा बोल्दै रत्न तथा आभूषण महासंघका केन्द्रीय अध्यक्ष श्रेष्ठले सुन खरिद गर्न सरकारले समस्या सिर्जना गरेको आरोप लगाएका छन् । अध्यक्ष श्रेष्ठले बजारमा व्यवसायीहरूलाई आवश्यकताका आधारमा सुन वितरणका लागि राष्ट्र बैंकले पर्याप्त मात्रामा सुन उपलब्ध नगराएको बताएका छन्। सुनको चरम समस्या हटाउन सरकारले व्यवसायीलाई नै गोल्ड बैंक खोल्न दिनु पर्ने केन्द्रीय अध्यक्ष श्रेष्ठले माग गरेका छन्।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अर्जुन रसाईली, उद्योग बाणिज्य महासंघ केन्द्रीय सदस्य एवम् उद्योग वाणिज्य संघ गैंडाकोटका अध्यक्ष अमृत भट्टचन, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका महासचिव किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासंघका तृतीय उपाध्यक्ष विपिन रामुदामु, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका गण्डकी प्रदेश संयोजक उमेश गहतराज, चितवन सुनचाँदी व्यवसायी संघ, पूर्वी चितवनका अध्यक्ष प्रेम खाती, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष टेकबहादुर विश्वकर्मा, ईलाका प्रहरी कार्यालय गैंडाकोटकी प्रमुख लक्ष्मी खनाल, सुनचाँदी व्यवसायी महिला समूह नवलपुरकी अध्यक्ष मिठु रामदामले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा गैंडाकोट सुनचाँदी व्यवसायी संघमा आवद्ध रहि लामो समयदेखि योगदान पुर्याएका सुनचाँदी व्यवसायीहरुलाई सम्मान गरेका थिए।गैंडाकोट सुनचाँदी व्यवसायी संघ नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आवद्धता रहेको एक स्वायत्त जिल्ला संघ हो ।

तपाईको प्रतिक्रिया