नवलपुर । बिहिबार जनक नमुना मा वि मा विद्यार्थी उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको सभाहलमा भएको सो कार्यक्रमको गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले उद्घाटन गर्नुभयो । विद्यालयका प्रधानाध्यापक चूडामणि शर्मा ले स्वागत भाषण गर्दै विद्यार्थीहरुलाई आगामी एसईई को तयारी र पठन पाठनमा थप लगनशील हुन प्रेरणा प्रदान गर्न भन्दै उक्त कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

विद्यार्थीहरुलाई आफ्नो लक्ष्य प्राप्त गर्न र परिणाम मुखी क्रियाकलाप गर्न अभिप्रेरणा दिने उद्येश्यले कार्यक्रम आयोजना गरिएको प्रधानाध्यापक शर्माले बताउनुभयो । विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष नवराज कंडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा आफ्नो मन्तब्य ब्यक्त गर्दै प्रमुख अतिथि नगर प्रमुख पौडेलले विद्यार्थीहरुलाई उत्पादन मुखि काम र परिणाम ल्याउने गरि अध्ययनमा लाग्न आग्रह गर्नु भयो ।

सो उत्प्रेरणा कार्यक्रममा डा तारा गिरीले सो उत्प्रेरणा सम्बन्धी कक्षा सञ्चालन गर्नुभएको थियो ।यसैबिच बिद्यार्थीहरुको चौतर्फी विकासका निम्ति विद्यालयले प्रत्येक वर्ष विद्यार्थीहरु र अभिभावक हरुका लागि यस्ता कार्यक्रम हरु सञ्चालन गर्दै आएको प्रधानाध्यापक शर्माले जानकरि दिनुभयो ।

तपाईको प्रतिक्रिया