मिलनटोल महिला समूहको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
गोविन्द घिमिरे
गैँडाकोट । मिलनटोल महिला समूह गैँडाकोट १ को आयोजनामा भएको अन्तर महिला टोल स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सृजनशिल टोल महिला समूह प्रथम भएको छ । वडा नं. १ भित्र रहेका १० वटा टोल अन्र्तगतका महिला समूहहरु सहभागि भएको हाजिरीजवाफ प्रतियोगितामा सृजनशिल टोल महिला समूह प्रथम स्थानमा आउन सफल भएको हो ।
प्रतियोगितामा जौजुवा टोल महिला समूह दोस्रो र प्रगती टोल महिला समूहले तेस्रो स्थान हात पारे ।प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गरेका समूहलाई क्रमश ३०००,...


