×

नवलपुर विशेष

गैँडाकोटका माओवादी (केन्द्र)का चालिसे एमालेमा प्रवेश

गैँडाकोटका माओवादी (केन्द्र)का चालिसे एमालेमा प्रवेश
गैँडाकोट ।नेकपा माओवादी(केन्द्र)का नवलपुरका नेता वेद प्रसाद चालिसे नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा माओबादी (केन्द्र) नवलपुरका सचिवालय सदस्य चालिसे आज विहान गैँडाकोटमा आयोजित कार्यक्रम मार्फत एमालेमा प्रवेश गर्नुभएको हो।नेकपा एमाले गैँडाकोट नगरकमिटीको पार्टि कार्यालयमा नेकपा एमालेका जिल्ला स्तरीय नेताहरुले उहाँलाई पार्टि प्रवेश गराउँदै एमालेमा स्वागत गरेका थिए । नेकपा माओवादीका पूर्व जिल्ला कमिटी सदस्य समेत रहेका चालिसे वाईसीएलका गैँडाकोटका सँस्थापक ईन्चार्ज समेत ह...

मेयर पौडेलद्वारा नमुना खानेपानीको टोलफ्री नम्बरकाे सुभारम्भ

मेयर पौडेलद्वारा नमुना खानेपानीको टोलफ्री नम्बरकाे सुभारम्भ
गैंडाकोट । उपभोक्ताहरुको गुनासो र सुझाव सुन्नकालागि नमुना शिवनगार खानेपानीतथा सरसफाई संस्थाले संचालनमा  ल्ल्याएकाे टोल फ्रि नम्बरको सुभारम्भ भएको छ । नगरप्रमुख छत्रराज पौडेलले संस्थाको कार्यालय परिसरमा आयोजित एक समारोहका बीच टोल फ्री नम्बरको शुभारम्भ गर्नुभएको हो । नगर प्रमुख पौडेलले संस्थाको टोल फ्री नम्बरमा फोन गरेरमंगलवार शुभारम्भ गर्नुभएको हो । टोल फ्री नम्बरमा फोन गर्दा उपभोक्ताहरुले शुल्क तिर्नु पर्दैन ।अव संस्थाका उपभोकाहरुले आफ्ना गुनासाहरु संस्थाको टोल फ्री नम्बर ...

गैँडाकोट नगरपालिकाद्धारा कृषकहरुलाई स्प्रे टंकी वितरण (तस्विर सहित)

गैँडाकोट नगरपालिकाद्धारा कृषकहरुलाई स्प्रे टंकी वितरण (तस्विर सहित)
सुस्मा न्याैपाने  गैँडाकोट । नवलपरासी(पूर्व)को गैँडाकोट नगरपालिकाले नगरको वडा नं. ६, ७ र ९ का ५० जना कृषकहरुलाई स्प्रे टंकी वितरण गरेको छ। तीनवटा वडाका ५० जना कृषकहरुलाई मंगलबार एक कार्यक्रमका विच स्प्रे टंकी वितरण गरिएको गैँडाकोट नगरपालिका कृषि शाखाले जनाएकाे छ । गैँडाकोट नगरपालिका परिसरमा आयोजित स्प्रे टंकी वितरण कार्यक्रममा नगरप्रमुख छत्रराज पौडेल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजाल र कृषि शाखाका प्रमुख राजु प्रसाद शर्माले कृषकहरुलाई स्प्रे टंकी वितरण गर्नुभएको ...

गैँडाकोटको भोक्रोफाँटका ८५ जना काँग्रेस परित्याग गर्दै एमालेमा प्रवेश

गैँडाकोटको भोक्रोफाँटका ८५ जना काँग्रेस परित्याग गर्दै एमालेमा प्रवेश
नवलपुर । नवलपरासी (पूर्व) को गैँडाकोट नगरपालिका वडा नं. ३ मा रहेको भोक्रोफाँटका ८५ जना स्थानीयहरु काँग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेकाछन् । गाउँका अगुवा युवा विनोद गर्जा मगरको नेतृत्वमा सो गाँउका ८५ जना नेकपा एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमालेका जिल्ला सदस्य गिरीराज उपाध्यायले स्थानीय युवा अगुवा विनोद गर्जा मगरको नेतृत्वमा गाउँका ८५ जना स्थानीयहरु एमालेमा प्रवेश गरेको जानकारी दिनुभयो ।काँग्रेस परित्याग गरि एमाले प्रवेश गर्नेहरुमा चन्द्र बहादुर थापा, पवित्र...

नवलपुरमा जम्मा मतदाता २ लाख ५४ हजार ६ सय १५ जना ( कुन पालिकामा कति ? )

नवलपुरमा जम्मा मतदाता २ लाख ५४ हजार ६ सय १५ जना ( कुन पालिकामा कति ? )
नवलपुर । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा लागि मतदाता, मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लगाएको छ ।आज आइतवार बसेको निर्वाचन आयोगको बैठकले अन्तिम नामावली टुङ्गो लगाएको हो । जसअनुसार नवलपुरको मतदाताको सङ्ख्या दुई लाख ५४ हजार छ सय १५ जना रहेको छ । यसमा १ लाख २१ हजार ३८ जना पुरुष मतदाता छन् भने महिला मतदाताको सङ्ख्या १ लाख ३३ हजार पाँच सय ७३ जना रहेको छ । त्यस्तै अन्यमा ४ जना मतदाता छन् । सबैभन्दा धेरै मतदाता कावासोतीमा ५५ हजार तीन सय ३० जना छन् भन...

आकृति-स्वीकृती ब्युटी ट्रेनिङ सेन्टरको आयोजनामा रसियन हेयर स्टाईल तालिम सुरु

आकृति-स्वीकृती ब्युटी ट्रेनिङ सेन्टरको आयोजनामा रसियन हेयर स्टाईल तालिम सुरु
गैँडाकोट । आकृतिस्वीकृती ब्युटी ट्रेनिङ सेन्टर गैँडाकोटको आयोजनामा वाटर प्रुफ मेकअप र रसियन हेयर स्टाईल तालिम आजदेखि भरतपुरमा सुरु भएको छ ।भरतपुरको होटल सीएमटीमा आजदेखि सुरु भएको सो तालिम आठदिनसम्म चल्ने आकृतिस्वीकृती ब्युटी ट्रेनिङ सेन्टरका सञ्चालक लक्ष्मी पोखरेलले बताउनुभयो । चितवन र नवलपुरका १७ जना ब्यूटीसियनहरु सहभागी सो तालिममा सातदिनसम्म रसिएन हेयरस्टाईल र एकदिन वाटरप्रुफ मेकअप सम्बन्धी तालिम दिइने छ ।लामो समयदेखि ब्युटी पार्लर व्यवसाय सञ्चालन गरेर बसेका महिलाहरुका ल...

गैडाकोट–८ को वडा कार्यालय आफ्नै भवनमा,वडामै आधारभूत स्वास्थ्य इकाई

गैडाकोट–८ को वडा कार्यालय आफ्नै भवनमा,वडामै आधारभूत स्वास्थ्य इकाई
गैडाकोट । गैडाकोट नगरपालिका वडा नम्वर–८ को वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य इकाईको आज (आइतबार) उद्घाटन गरिएको छ । गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले एक कार्यक्रमका विच दुवै भवनको उद्घाटन गर्नुभएको हो । सो अवसरमा बोल्दै प्रमुख पौडेलले जनताको सेवा जनताको घर आगनबाटै गर्ने नगरपालिकाको योजना अनुरुप वडा कार्यालय र स्वास्थ्य इकाई वडाबाटै संचालन गरिएको बताउनुभयो । उहाँले नगरपालिकाका ३ वटा वडा बाहेक सबै वडाका सेवा आफ्नै वडाबाट संचालनमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो,...

मिलनटोल महिला समूहको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

मिलनटोल महिला समूहको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
गोविन्द घिमिरे गैँडाकोट । मिलनटोल महिला समूह गैँडाकोट १ को आयोजनामा भएको अन्तर महिला टोल स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सृजनशिल टोल महिला समूह प्रथम भएको छ । वडा नं. १ भित्र रहेका १० वटा टोल अन्र्तगतका महिला समूहहरु सहभागि भएको हाजिरीजवाफ प्रतियोगितामा सृजनशिल टोल महिला समूह प्रथम स्थानमा आउन सफल भएको हो । प्रतियोगितामा जौजुवा टोल महिला समूह दोस्रो र प्रगती टोल महिला समूहले तेस्रो स्थान हात पारे ।प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गरेका समूहलाई क्रमश ३०००,...

गठबन्धन मात्रै भनेर अघि बढिरहे हाम्रो हालत भारतको कांग्रेस आइको जस्तै हुनेछः शेखर कोइराला

गठबन्धन मात्रै भनेर अघि बढिरहे हाम्रो हालत भारतको कांग्रेस आइको जस्तै हुनेछः शेखर कोइराला
काठमाडौं।  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सकेको खण्डमा कांग्रेस सबैभन्दा बलियो पार्टी बन्ने दावी गरेका छन् । बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै १४औं महाधिवेशनमा सभापतिका प्रत्यासी कोइरालाले गठबन्धन मात्रै भनेर अघि बढिरहे भारतको कांग्रेस ९आई०को हालत हुन सक्नेतर्फ सचेत हुन जोड दिए । ‘‘एमाले र माओवादी विगतमा जस्तै फेरि पनि मिल्न सक्छन् तर गठबन्धन मात्रै गर्दा गर्दा कांग्रेस आइको हालत नहोला ...