गैँडाकोटमा बस र ट्रक ठोक्किँदा १५ जना घाइते
गैँडाकाेट । पूर्वी नवलपरासीको पूर्व–पश्चिम राजमार्गमा पर्ने गैंडाकोट नगरपालिका वडा नम्बर–१५, अमरापुरीमा बस र ट्रक ठोक्किँदा १५ जना घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना५ख ५९२२ नम्बरको ट्रकमा सोही दिशा (गुल्मीबाट काठमाडौँ) आउँदै गरेको लु २ ख ४२३४ नम्बरको बस ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा हुँदा बसमा सावर ४० जनामध्य १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ। घाइतेहरूलाई उपचारको लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज ल्याइएको प...


