गैँडाकोट इङलिस स्कुलको स्वास्थ्य शिविरबाट २७५ जना लाभान्वित
नवलपुर । नवलपुरको गैंडाकोट इङलिस स्कुलको आयोजनामा शनिवार भएको मुख स्वास्थ्य तथा दन्त शिविरबाट २ सय ७५ जनाले सेवा लिएका छन् । विद्यार्थी, अभिभावक र शिक्षक गरि २ सय ७५ जनाले शनिवार आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरबाट सेवा लिएको गैंडाकोट इङलिस स्कुलका प्राचार्य हिरालाल अर्यालले जानकारी दिनुभयो ।
गैंडाकोट इङलिस स्कुलको आयोजना तथा रोटरी क्लव अफ गैंडाकोटको सहआयोजना र भरतपुर सामुदायिक अस्पतालको प्राबिधिक सहयोगमा सम्पन्न शिविरमा दन्त रोग बिशेषज्ञ डा. कृष्ण रेग्मी, अस्मिता बरा...


