गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. ५ले  आयआर्जनमा टेवा पुगोस भन्ने उदेश्यले वडाका तीनजना महिलाहरुलाई सिलाई मेसिन हस्तान्तरण गरेको छ ।वडाबाट विनियोजित बजेटबाट   तीनजना महिलाहरुलाई सिलाई मेसिन सहयोग सहयोग गरिएको हो ।

स्थानीय शोभा नेपाली, पार्वती सुनार र संगिता सुनारलाई वडा अध्यक्ष नवराज कंडेलले सिलाई सेसिन हस्तान्तरण गर्नुभएको हो ।कार्यक्रममा बोल्दै वडा अध्यक्ष कंडेलले वडाले उपलव्ध गराएको सिलाई मेसिन मार्फत आयआजर्न बढाउन आग्रह गर्नुभयो ।उहाँले सिप भएर पनि मेसिनको अभावमा बस्नु परेका दिदिबैनीहरुको आर्थिक विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

सिलाई मेसिन हस्तान्तरण कार्यक्रममा कार्यपालिका सदस्य कुमारी रेखा पौडेल, भिम बहादुर कुमाल, वडा सदस्य हरि ढकाल, पार्वती सापकोटा, समाजसेवी कृष्ण पौडेल, खिमनन्द सापकोटा लगाएतको उपस्थििति रहेको थियो ।

तपाईको प्रतिक्रिया